रगत अभाव

सम्पादक
भाद्र १९, २०७७

१. रक्त सञ्चार केन्द्र पोखरामा यतिखेर रगतको अभाव भएको छ । रक्त अभावका कारण विरामीहरुको उपचारमा समेत समस्या हुने गर्दछ । कतिपय रगतकै अभावमा विरामी भएका हुन्छन् । कति दुर्घटनामा परेकाहरुलाई रगत दिनुपर्ने हुन्छ । शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई पनि रगतको आवश्यकता हुन्छ ।

२. रगतको विकल्प अरु छैन । मानिसलाई मानिसकै रगत चाहिन्छ । रगतकै अभावमा पनि धेरै मानिसहरुको मृत्यु हुने गरेको छ । तसर्थ रक्त अभावको वेला रगत दिनु जीवन दिनु सरह हो । यसैले रक्तदानः जीवनदान भन्ने गरिएको हो । रगतको अभाव अरु कुराले पुरा नहुने हुँदा यसलाई महादान पनि भनिन्छ ।

३. रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भनेर ब्लड बैंकहरु खोलिएका छन् । ती बैंकहरुमा रगतलाई सुरक्षित रुपमा राखिन्छ र आवश्यक परेका अवस्थामा माग भई आए पछि दिने गरिन्छ । रगत सुरक्षण गरे वापतको सामान्य शुल्क तिर्नु पर्दछ । असाहाय विरामीहरुका लागि त्यो पनि छुट हुन्छ । रगत विक्री गर्न कानूनी रुपमै बन्देज लगाईएको छ ।

४. स्वस्थ्य मानिसले प्रत्येक तीन महिनामा रक्तदान गर्न सक्छन् । मानिसको शरीरमा रगत आफै फेरिरहने हुँदा रक्तदान गरेर स्वास्थ्यमा नोक्सान हुदैन । फेरिने रगत भनेको आफै नष्ट भएर जाने हो । त्यसरी नष्ट भएर जाने रगतलाई दान गर्दा कसैको जीवन पाउँछ भने त्यो ठूलो उपलब्धी हो । फेरी खेर जाने भन्दैमा कसैले गरेको रक्तदानलाई सामान्य मान्नु हुदैन । किनकी त्यही रक्तदानबाट नै धेरैको उद्धार हुने गरेको छ ।

५. पहिले पहिले रक्तदान गर्ने भने पछि मानिसहरु तर्सन्थे । आफू कमजोर भइन्छ भन्ने धेरैलाई भ्रम थियो । रक्तदान गरेर कमजोर हुने होइन, अझ स्वास्थ्य राम्रो हुन्छ भन्ने भएपछि हच्किन छाडे । अहिले रक्तदानको लागि मानिसहरुलाई कर गर्नुपर्ने अवस्था छैन । सूचना पाउने वित्तिकै स्वत स्फूर्त रुपमा रक्तदान हुने गरेको छ । विभिन्न संघ संस्थाहरुले पनि रक्तदान कार्यक्रम राखेर सघाई रहेका छन् । यो खुशीको कुरा हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

Recent Posts

भर्खरै