पहिले अपेक्षा गरिएअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । विभाजनको बेला कम्युनिष्ट पार्टीमा जुन लक्षण देखिन्छ, त्यो पार्टीमा पनि त्यस्तै लक्षण देखिएको छ अर्थात् एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्दै पार्टीबाट निष्कासन गर्ने धर्मेन्द्र बास्तोलाको चितवनमा बसेको केन्द्रीय समितिको बैठकले नेत्रविक्रम चन्दलाई पार्टीबाट निष्कासित गरेको छ भने प्रवक्ता खड्कप्रसाद विश्वकर्मालाई प्रवक्ता जिम्मेवारीबाट हटाएको छ । भेलामा पार्टीका ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ६४ सदस्य केन्द्रीय नेतृत्व र ४ जना सल्लाहकारको उपस्थिति भएको दाबी गरिएको छ । बैठकमा धर्मेन्द्र बास्तोला, हेमन्त वली, गुणराज लोहनीलगायत वरिष्ठ सदस्यको सहभागिता थियो । त्यो भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको छ ।
पहिले–पहिले कम्युनिष्ट पार्टी फुट्दा जे–जस्तोे आरोप लगाइने गरिन्थ्यो अहिले पनि त्यही देशी विदेशी षड्यन्त्रमा पार्टी फुटाएको आरोप लगाइएको छ । त्यो समूहले विप्लवलाई संसदीय भासमा मासिएको आरोप लगाइएको छ । त्यसको अतिरिक्त भेलाले विप्लव दार्शनिकरुपले सार संग्रहवादी, राजनीतिकरुपमा संसदीय संशोधनवादी, संगठनात्मकरुपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, संघर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारी अर्थवादी हुँदै क्रान्तिलाई विसर्जन गर्ने बाटोमा लागेपछि निष्कासनको कारबाही गर्नु पर्ने जनाइएको छ । केही महिना पहिले कपिलवस्तुमा बसेको केन्द्रीय कार्य समितिको बैठकमा विप्लवले स्थानीय चुनावमा भाग लिनु पर्ने प्रस्ताव पेस गर्दादेखि पार्टीमा विभाजनको रेखा कोर्न थालिएको थियो । विप्लव प्रयोग र उपयोगको नाममा स्थानीय चुनावमा सहभागी बन्नु पर्दछ भन्नेमा थिए भने अधिकांश सदस्य चुनावको विपक्षमा थिए । केन्द्रीय समितिबाट चुनावमा भाग लिने प्रस्ताव पास गर्न त सकेनन् तर विप्लवले आफ्नो मान्छेहरुलाई उम्मेदवार भने बनाएका छन् । यही कारणले गर्दा पार्टी विभाजनतिर बढेको हो ।
नेत्रविक्रम चन्द माओवादीमा क्रान्तिकारी छवि भएका नेता हुन् । माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल शान्तिप्रक्रियामा आउँदा पनि उनी त्यसको विरोधमा रहे । त्यसबेला उनी वैद्य समूहमा रहे । वैद्यले पनि क्रान्तिका कुराबाहेक अरु केही गरेनन् भन्ने आरोप लगाएर उनी भूमिगत हुन गए । उनी कहिले अर्ध भूमिगत रहे र ती नै तहको चुनाव बहिष्कार गरे तर बहिष्कार प्रभावकारी भएन । न त्यो समूहले आन्दोलन नै गर्न सके । कडा–कडा भाषण गर्नु र धम्की दिनु तिनीहरुको दिनचर्या रह्यो । त्यसो गर्दा पनि केही नभएपछि उनी राजनीतिको मूलधारमा आए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग तीनबुँदे सम्झौता गरी उनी खुला समाजमा आए । खुल्ला समाजमा सबै अध्ययन गरेर उनले चुनावलाई उपयोग गर्नु पर्ने निर्णय गरी आफ्नो मान्छेहरुलाई चुनावमा उम्मेदवार हुन निर्देशन दिए । जसको फलस्वरुप चुनाव मन नपराउनेहरुले चुनावमा भेला भएर उनलाई निष्काशन गरे । चितवनको बैठक समापन भएको छैन । बैठकले अरु के निर्णय गर्ला त्यो प्रतीक्षाको विषय भएको छ ।
Related News
सम्बन्धित समाचार
तिब्बती शरणार्थी समस्या समाधान गर
चुनावको नतिजा असन्तोषको परिणाम
बुद्धजयन्तीको कार्यक्रम सुरु
निर्वाचनमा युवाको सक्रियता
वेद विद्याश्रमलाई हाम्रो शुभकामना !
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९