देशको राजनीति फेरि एक पटक नराम्रो अवस्थामा फसेको छ । नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) को अन्तहीन विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे । संसद विघटन गर्दादेखि राजनीतिक पार्टीहरुले सडकमा विरोध र्याली गरिरहेका छन् । र्याली आयोजना गर्नेहरुले प्रधानमन्त्री ओलीको त्यस कार्यको कडा शब्दमा विरोध गरिरहेका छन् । नेकपाको केन्द्रमा भएको विवाद अहिले प्रदेशहरुमा पनि देखिन थालेको छ । प्रदेश सरकारमा राजीनामा दिने र निष्काशन गर्नेक्रम शुरु भएको छ । प्रदेश सरकारको विरोधमा अविश्वास प्रस्ताव दर्ता गर्नेक्रम पनि सुरु भएको छ । राजनीति फेरि एक पटक अस्थिरतातिर गएको प्रष्ट देखिएको छ ।
एकातिरको अवस्थामा यस्तो छ भने अर्कोतिर वर्तमान संसदीय व्यवस्था नै नमान्ने र यो व्यवस्थाको अन्त्य गरेर जनगणतन्त्र स्थापनाका लागि भूमिगत बसेको नेत्रविक्रम चन्द्र विप्लवले आफ्नो शक्तिसञ्चय गर्दैछन् । उनले हालै अन्य वामघटकबीच मोर्चाबन्दी गरेको समाचार सम्प्रेषण भएको छ । उनले मोहन वैद्य नेतृत्वको नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तथा विश्वभक्त दुलाल (आहुति) संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँग सहकार्य गरेर संसदीय व्यवस्थाविरुद्ध चारबुँदे समझदारी गरेको जनाइएको छ । जसलाई रणनीतिक संयुक्त मोर्चाको रुपमा अथ्र्याइएको छ ।
जनताले बनाएको संविधानअनुसार भएको निर्वाचनमा झन्डै दुइतिहाइ बहुमतले नेपाल कम्प्युनिस्ट पार्टीले सरकार बनायो । सरकार बनाएको केही महिनापछि नै त्यस पार्टीमा विवाद उत्पन्न भयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच उत्पन्न विवाद बढ्दै गएर पार्टी विभाजन भयो । उनीहरुको विवाद संसदीय व्यवस्थाले सिर्जना गरेको होइन । विवाद उनीहरु गर्ने तर त्यसको दोष संसदीय व्यवस्थालाई दिने काम भएको छ । चार वामघटकले झन्डै दुइतिहाइ जनमत पाएर पनि सरकार ५ वर्ष टिक्दैन भने संसदीय व्यवस्था असफल भएको योभन्दा अर्को प्रमाण के हुन सक्छ भन्ने निचोड निकालेको छ । करिब २ वर्ष पहिले सरकारले नेत्रविक्रम चन्द समूहलाई २ वर्षमा ठीक गर्ने विचारले त्यसका कार्यकर्तालाई पक्राउ गर्न सुरु गरेका थिए । सरकारले पक्रन शुरु गरेपछि त्यो समूह भूमिगत बस्यो । भूमिगत बसेर त्यसले शक्ति सञ्चय गरिरहेको छ । भोजपुर र संखुवासभामा सरकारी सुरक्षाकर्मीसँग भीडन्त पनि भएको छ । यी सबैले विप्लव समूह सशक्त हुँदै गएको प्रष्ट भएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडको खोप सुरु
गुरुङ भाषाको सम्मान
संवेदनशील राजनीति
कांग्रेसको बढ्दो भूमिका
राष्ट्रपति वाइडेनबाट अपेक्षा
hero news full width
मुख्य समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७