विपद् व्यवस्थापन गरौं

सम्पादक
असार २५, २०७७

१. देशमा मनसुन भित्रिएसँगै बाढी पहिरो आदि प्राकृतिक प्रकोपको बृद्धि भएको छ । केही अघि पर्वतको दुर्लुङमा पहिरो जाँदा दुई घर पुरिए, नौ जना वेपत्ता भए । पछिल्लो समय बझाङको केदारस्यूँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिए । वेपत्ता ७ मध्ये ४ जनाको शव फेला परेको छ । यसैगरी विभिन्न स्थानमा नदी कटानले क्षति पुर्‍याएको छ ।

२. पहाडी मुलुक भएकोले हरेक वर्ष वर्षमा कहि न कहि बाढि पहिरोबाट क्षति त भै रहेकै छ । तर यस वर्ष बढी वर्षा हुने अनुमान भएका कारण प्राकृतिक प्रकोपबाट पुग्न सक्ने क्षतिबारे समयमै ख्याल गरी बचाउँको लागि सतर्कता अपनाउनु जरुरी छ । यस वर्ष बंगालको खाडीमा भएको चक्रवातको कारण जेठमै ठूलो वर्षा भएको हुँदा जमिन गलिरहेको छ ।

३. बढी भिरालो जमिन तथा नदी किनारमा रहेका बस्तीहरुमा बढी होसियारी अपनाउनु पर्दछ । यसैगरी नदीले कटान गर्ने सक्ने स्थान र डुबान हुन सक्ने स्थानका बासिन्दाले सचेत हुन जरुरी छ । बढी जोखिम रहेका स्थानहरुको पहिचान गरी सरकारले त्यस क्षेत्रका बासिन्दालाई जानकारी गराईराख्ने तथा विपद् व्यवस्थापनका लागि आवश्यक तयारी पनि गर्नु आवश्यक छ ।

४. प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति हुन नदिन तथा क्षति न्यूनीकरणमा सरकारले कदम चालिहाल्नु पर्छ । जल तथा मौसम विज्ञान विभागले वर्षा वा बाढीको पूर्व अनुमान तथा पूर्व सूचना छिटो दिने, जोखिम स्थितिमा समय समयमा जानकारी गराईराख्ने आदि गराई राख्नु जरुरी छ । यसैगरी सरकारले उद्धार कार्यका लागि पनि आवश्यक श्रोत साधन र जनशक्ति तयारी गर्नु पर्दछ ।

५. विपद्का वेला उद्धार कार्यमा नेपाल रेडक्रसले विशेष भूमिका खेल्दै आएको छ । त्यस बाहेक पनि विभिन्न संघ, संस्था, युवा क्लब आदिलाई विशेष प्रशिक्षण प्रदान गरी परिचालन गर्न सकिन्छ । साथै आमजनतालाई पनि बाढी पहिरोको वेला ध्यान दिनु पर्ने कुराबारे जानकारी दिई जनधनको सुरक्षाको लागि सचेत गराउन आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width