विधेयकबारे सोचौं

सम्पादक
असाेज ५, २०७७

१. सरकारले हरेक विषयमा विधेयक तयार गर्दा त्यस सम्बन्धमा जनस्तरमै छलफल चलाई आवश्यकताको बोध भएपछि सम्बन्धित विज्ञहरुबाट सुझाव लिएर काम गर्नु उपयुक्त हुन्छ । सरोकारवालाहरु बीच अन्तरक्रिया गरी प्राप्त सुझावलाई समेटेर नीति नियमहरु बनाउँदा विवाद पनि कम हुन्छ । हचुवाका भरमा काम गरी पेलेर जाने किसिमका कामले जनसमर्थन प्राप्त गर्न सक्दैन । त्यस्तो काम सफल पनि हुँदैन र साधन श्रोतको पनि नोक्सान हुन्छ ।

२. गण्डकी प्रदेश विकास प्राधिकरण स्थापना र सञ्चालन सम्बन्धमा बनेको विधेयक–२०७७ बारे पनि टिकाटिप्पणीहरु भएका छन् । विधेयक लोकतान्त्रिक विधिबाट वृहत छलफल गरेर तयार गरिनु पर्ने विद्धत् वर्गको राय रहेको छ । सो विधेयकबाट विचौलियालाई प्रश्रय दिने प्रवित्ति बढाएको भनी चिन्ता व्यक्त गरिएको छ । यस्तै किसिमले विधयेक बनेको हो भने राम्रो भएन ।

३. सयपत्री समाज कास्कीले सो विधेयक सम्बन्धी हालै आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले विधेयक पारिन गर्नु अघि गम्भीर भएर सोच्न प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । विधेयकको औचित्य माथि नै प्रश्न खडा भएको र किन र केका लागि ल्याइएको हो प्रष्ट नभएको, विकास परियोजना सञ्चालन र अनुमगनका लागि अर्काे निकाय खडा गर्दा द्वन्द्ध निम्त्याउने हुँदा प्राधिकरण आवश्यक नरहेको विज्ञहरुले जनाएका छन् । विकास परियोजना कार्यान्वयनको लागि हो भने मन्त्रालयको एक विभागको रुपमा रहन सक्ने राय उनीहरुको छ ।

४. विधेयकको उद्देश्य अनुरुप स्पष्ट नीति नियम नबनाइनु, निजी क्षेत्रको भूमिकाबारे स्पष्ट नहुनु, न्यून विज्ञहरु रहनु, दीगो विकासका लागि वातावरणीय प्रभाव मूल्याङ्कन बारे औल्याइएका कुराहरु हुन् । विधेयक मार्फत व्याकडोरबाट परियोजना भित्र्याउने प्रवृत्ति बढ्ने र प्राधिकरणको संगठनात्मक स्वरुपमा वरिपरि सरकारी मान्छे रहँदा दलाल पूँजीवादको प्रभाव देखिएको पनि चर्चा रहेको छ । विधेयक दर्ताकै समयमा पनि औचित्य नभएको भनी आवाज उठाउँदा सुनुवाई नभएको सहभागीले गुनासो गरे ।

५. केन्द्रमा संघीय सरकार छ , स्थानीय तहमा नगर र गाउँपालिकाहरु छन् । तिनै स्थानीय सरकारहरुलाई सक्षम र सुदृढ गराउने कार्यमा प्रदेश सरकार लाग्नु पर्दछ । अझ केन्द्र र स्थानीय तहबीचको सेतु भएर प्रदेश रहनु पर्दछ । धेरै संस्थाहरु खडा गर्नु खर्च बढाउनु मात्र हो । संस्था बनाउने तर काम नगर्ने प्रवृत्तिले देश पीडित छ । गण्डकी प्रदेश विकास प्राधिकरण बारे पनि अझै सोचेर काम गरियोस । विज्ञहरुको सुझावको उपेक्षा नहोस्, आम चाहना यही छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width