विदेशमा विचल्ली

सम्पादक
भाद्र १४, २०७७

१. कोरोना महामारीले गर्दा विदेशमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारले गरेको ढिलाईको कारण धेरैको विचल्ली भएको छ । आर्थिक समस्याका कारण भोकै बस्न बाध्य हुनु परेको र स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ । कतिको हवाई भाडा तिर्न नसक्ने अवस्था पनि नरहेको प्राप्त समाचारमा उल्लेख छ ।

२. चाटर्ड उडान मार्फत विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउन सुरु गरिएको भए पनि दोब्बर भाडाको मारले उनीहरु आहात भएका छन् । सरकारको व्यवस्थापन नराम्रो नहुँदा चाडटर्ड उडानमा रहेको नेपाल एयरलाइयन्सको जहाज दुईबाट रित्तै फर्कियो । रित्तै फर्किदा सो एयरलायन्सलाई एक करोड भन्दा बढी घाटा भयो । उता २ सय ६६ यात्रु विमानस्थलबाट फिर्ता नहुँदा विचल्लीमा परेका थिए ।

३. देशको मुख्य आयश्रोत रेमिट्यान्स हो । विदेश गएका नेपालीले रकमबाट देश धानिएको छ । तर यतिखेर दुःख परेको बेला सरकारले गरेको लापार्वाहपूर्ण व्यवाहारले उनीहरु पीडित छन् । समयमै उद्धार हुन सकने भने यसको नराम्रो परिणाम देशले भोग्नु पर्छ ।

४. सरकारले वैदेशिक रोजगारमा गएका नेपालीलाई छुट्टै खर्च गर्नुपर्ने पनि होइन । रोजगारमा जाँदा कल्याणकारी कोषका लागि रकम तिरेर जानु पर्दछ । वैदेशिक रोजगार बोर्ड अन्तर्गतको उक्त कोषमा पाँच अर्व भन्दा बढी रकम मौज्दात छ । विदेशमा अपलत्र परेकाहरुलाई सोही कोषबाट निःशुल्क उद्धार गर्न सकिन्छ ।

५. सरकारले आफ्नो कर्तव्य सम्झेर जति सक्दो चाँडो उद्धार गर्नुपर्नेमा ढिलाई गर्नु र महङ्गो चाटर्ड उडान र त्यो भन्दा पनि महङ्गो नियमित उडान दर कायम गरेको कुराले अनियमितताको आशंका बढेको छ । स्वत स्फर्त रुपमै सरकार अघि बढ्नु पर्नेमा विदेशमा अलपत्र रहेका नेपालीलाई उद्धारका लागि सर्वोच्चमा रिट दायर गर्नु पर्‍यो। सर्वोच्च अदालतको आदेशको महिनौ सम्म पनि पालना नहुनुले सरकारको गैर जिम्मेवारपन छर्लङ्गिएको छ । अब पनि सरकारको ध्यान गएन भने सरकार निकम्बा ठहरिने छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width