विभूषण विवादमा

सम्पादक
असाेज ५, २०७८

सरकारले सातौं संविधान दिवसको उपलक्ष्यमा राज्यका विभिन्न क्षेत्रमा काम गरेका ९०३ जनालाई तक्मा विभूषण प्रदान गर्ने घोषणा गरेपछि त्यो विवादको भूमरीमा फसेको छ । हुन त यसअघि पनि सरकारले प्रदान गर्ने विभूषण आदि विवादको विषय नबनेको होइन तर यस पटक त्यो विवादले सीमा नाघेको छ । विगतमा भन्दा यसपटक सर्वाधिक ९०३ जनाको नाम तक्मा विभूषण पाउने फेहरिस्तमा सूचीकृत गरिएको छ । एकातिर यो संख्या अपेक्षा गरिएभन्दा अत्यधिक बढी भयो भने अर्कोतिर ती नामहरु राजनीतिक भागबन्डाको आधारमा तयार गरिएकाले विवादमा तानिएको हो ।
राम्रो काम गर्नेलाई अनेक विभूषणबाट विभूषित गर्ने काम राजतन्त्रकै बेलादेखि चलिआएको चलन हो । त्यसबेलामा पनि ठूलठूला विभूषण आदि दरबारभित्रका र दरबारियाहरुकै आफन्तलाई दिने गरियो भनी असन्तुष्टि व्यक्त हुने गर्दथ्यो । गणतन्त्र आएपछि यसलाई विवादरहित गराउने भनेर विभूषणको नाम परिर्वन गरियो । २०६५ सालमा विभूषणसम्बन्धी पुरानो प्रावधान खारेज गरी नयाँ व्यवस्थाको सुरुआत गरियो । २०७७ सालमा त्यस्तो मानपदवी अलंकार र विभूषण १०० जनालाई मात्र दिने भनियो तर नेताहरु त्यो सीमामा सीमित रहन सकेनन् । त्यो सीमालाई बढाएर २०० जना पु¥याए । त्यसबाट पनि नभएर तजबिजी अधिकार ल्याइयो, जति धेरैलाई दिने गरियो उति यो विवादित पनि बनियो भने यसको मूल्य र महत्वमा पनि ह्रास आएको बताउने गरिएको छ । विभूषण पाउने सूचीमा परेका कतिपयले विभूषण ग्रहण नगर्ने घोषणा गरेका पनि छन् ।
सरकारले यसपटक सबैभन्दा माथिल्लो विभूषण नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई दिने घोषणा गरेको छ । धेरै विभूषण नेताहरुलाई र नेताहरुको आफन्तलाई प्रदान गरिने भएको छ । केही कानुन व्यवसायीहरुले पनि यसपटक विभूषण पाउने भएका छन् । कोभिड–१९ को क्षेत्रमा साहसका साथ रातोदिन सेवा गरेका चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीलाई पनि विभूषणका लागि छानिएका छन् । यस क्षेत्रका धेरै अभियन्ताहरु छानिने अनुमान गरिएको छ ।
तक्मा, पुरस्कार र सम्मान पाउन ठूलो कुरा हो । आपूmले निस्वार्थ भावले गरेको कामको मूल्यांकन गरी कसैले त्यसको प्रतिफलस्वरुप पुरस्कार दिनु अरु काम गर्न प्रेरित गर्नु हो । यो एउटा राम्रो परम्परा पनि हो । सामाजिक जीवनमा धेरै पहिलेदेखि यस्तो चलन चल्दै आएको थियो । राज्यले पनि त्यसकै सिको गरेर तक्मा विभूषणको व्यवस्था गरेको छ । यसलाई निसन्देश राम्रो मान्नु पर्दछ तर छनोट गर्नेहरुले निष्पक्षता कायम गर्नु पर्दछ । आफ्नो र अर्काको भनी भेद गर्नु हुँदैन । मूल्यांकन निष्पक्ष हुनुपर्दछ । निष्पक्ष मूल्यांकन गरियो भने इमानदारीपूर्वक काम गर्नेहरु प्रोत्साहन हुन सक्छ र अरु काम गर्न प्रेरित हुन सक्छन् । समावेश गरिएकाहरुलाई आगामी वैशाख १ गते राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने परम्परा छ । हामी विभूषणयोग्य सबैलाई बधाई ज्ञापन गर्दै शुभकामना ज्ञापन गर्न चाहन्छौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width