१. कुनै वेला नेपाली काँग्रेस पार्टी सरकारमा भएको वेला त्यस पार्टीका नेताहरु झगडा गर्दा तथा झगडाकै कारण सत्ता गुमेको र चुनावमा समेत हारेको अवस्थामा कम्युनिष्टका नेताहरु काँग्रेसले सरकार चलाउनै जान्दैन भन्दै आलोचना गर्दथे र आफ्नो पालो आएदेखि राम्ररी सरकार चलाएर देखाईदिने चुनौती दिन्थे ।
२. हुन पनि प्रजातन्त्र पुनर्वाहली भए पश्चात् चुनावमा काँग्रेसले संसदमा राम्रो बहुमत ल्याएको थियो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएर सरकार सञ्चालन गरेका थिए । त्यसवेला लौह पुरुष भनेर चिनिएका गणेशमान र कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्री कोइरालासँग विवाद भयो र कोइरालाले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे । चुनावमा काँग्रेस नराम्रोसँग हार्यो ।
३. त्यसवेलादेखि देशको राजनीतिमा अस्थिरता छायो । विकृति र विसंगति बढ्यो । एकपछि अर्काे पार्टीको सरकार बन्यो । त्यही वेला माओवादी सशस्त्र युद्ध सुरु भयो । सरकारले राम्ररी काम गर्न सकेन भनेर राजा ज्ञानेन्द्रले निवार्चित प्रधानमन्त्री देउवालाई हटाएर सत्ता आफ्नो हातमा लिए । स्थिति अरु विग्रदै गयो ।
४. हाम्रै छिमकेी भारतमा प्रजातन्त्र राम्ररी चलेको छ । त्यहाँबाट एक दुई पटकको अपवादलाई छोडेर मिलिजुली सरकार पनि पाँच वर्ष टिकेको छ । तर हाम्रो देशमा बहुमतको सरकार पनि पूरा अवधि टिक्न सकेन । अहिले त झन् दुई तिहाई बहुमतको कम्यूनिष्ट सरकार छ । अहिलेको जति विवाद कहिले भएको थिएन ।
५. देशमा कोरोनाको महामारी फैलिरहेको छ । सत्तारुढ पार्टी भित्रको विवादले सरकारले केही गर्न सकेको छैन । यही मौका छोपेर राजावादीहरुले नारावाजी गर्दै सडकमा उत्रेका छन् । उनीहरुको हौसला बढ्दो छ र सडकमा नारावाजी गर्नेहरुको संख्या पनि बढ्दो छ ।
६. गणतन्त्रका लागि प्रतिकूल स्थिति आउन लाग्दा पनि सत्तारुढ पार्टीका नेताहरुको होस खुलेको छैन । उनीहरु आपसी विवादमा तल्लीन छन् । आरोप र प्रत्यारोप गर्दैछन् । बदलाको भावना बढ्दो छ । पार्टी फुटको संघारमा पुगेको महसुस भएको छ । पार्टी फुटे हुन्छ भन्ने आएको छ ।
७. सत्तारुढ पार्टीमा दर्जनौ मै हुन भन्ने नेताहरु छन् । तर उनीहरु पनि एक–एक समुहमा विभाजित छन् । तटस्थ भएर विवाद मिलाउने तिर लागेका कोही पनि देखिदैनन् । देश गम्भीर मोडमा पुग्न लागेको छ । यस्तो वेलामा विवादलाई थाँति राखेर भए पनि एक हुनु पर्दछ । एकताबद्ध हुनुपर्दछ । यो समयको माग हो ।
Related News
सम्बन्धित समाचार
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७