अग्नि परीक्षामा वामदेव

सम्पादक
असार १६, २०७९

देशका स्वार्थी पदलोलुप र एक अर्कासँग लामो समय मिलेर काम गर्न नसक्ने नेताहरुले गर्दा राजनीतिमा स्थिरता आउन नसकी देशको बिग्रदो अवस्थामा रहेकोमा सबै चिन्तित छन् । यो स्थितिमा सुधार ल्याउन गैर–राजनीतिक क्षेत्रका व्यक्तिहरु राजनीतिक क्षेत्रमा प्रवेश गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर लामो इतिहास बोकेका संगठित पार्टीहरुको उम्मेदवारलाई पराजित गरी नेताहरुलाई चुनौती दिएका छन् । एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर पार्टीहरु टुट्ने र फुट्ने क्रम अझै पनि जारी छ । यस्तो अवस्थाबाट गुज्रिरहेको भए तापनि राजनीतिमा एकताको स्वर भने गुञ्जिरहेको छ । खास गरेर कम्युनिस्ट क्षेत्रमा कम्युनिस्ट–कम्युनिस्ट एक हुनु पर्दछ भन्ने आवाज चर्कंदै गएको छ । त्यस्तो नारा चर्काउनेमा पुराना कम्युनिस्ट नेता वामदेव गौतम पनि देखापरेका छन् । उनले वामपन्थी शक्तिलाई ध्रुवीकरण गर्ने उद्देश्यले छुट्टै पार्टी गठन गरेको छन् र उनले आफ्नो पार्टीको नाम नै नेकपा एकता राष्ट्रिय अभियान भन्ने राखेका छन् । उनी आफ्नो अभियानमा के–कति सफल होलान्, त्यो भन्न सकिन्न तर यो उनको अग्नि परीक्षाको बेला भने निश्चय नै हो ।

वामदेव गौतमले आफू शीर्ष नेता रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई फुट्नबाट जोगाउन सकेनन् । त्यसबेला केपी ओली र पुष्पकमल दाहालबीच मतभेद भएर लामो समय विवाद भइरहँदा उनले कुनै निर्णयात्मक सुत्र प्रयोग गरेर ती नेताहरुलाई मिलाउन सकेनन् । उनी कहिले एक पक्ष र कहिले अर्को पक्ष लागे । जसको परिणाम दुवै पक्षको विश्वास गुमाए । पार्टी टुक्रिएपछि उनले जे–जस्तो भूमिका खेले त्यसबाट उनको सक्रियताको अवमूल्यन भयो । स्थानीय चुनावमा उनलाई आफ्नो पक्षमा ल्याएर पार्टीलाई सबलीकरण गर्ने प्रयास कुनै पनि पार्टीले ठोस रुपमा गरेको देखिएन । त्यसबेला उनको सोधखोज नभएबाट पार्टीबिना अस्तित्व सम्भव नभएको महसुस गरेर उनले पार्टी घोषणा गरेको हुनुपर्दछ ।

उनले आफ्नो नयाँ पार्टीको उद्देश्य वामपन्थीहरुको ध्रुवीकरण गर्ने बताएका छन् । वामपन्थीहरुको ध्रुवीकरण किन आवश्यक भयो भन्दा उनले जोडतोडका साथ भनेका छन् । वामपन्थीहरु एक भएन भने आगामी संसदको चुनाव कांग्रेसले जित्ने भयो भन्ने उल्लेख गरेका छन् । उनले कांग्रेसले जित्ने भयो भनेर कोलाहल मच्चाएको देखिन्छ । उनले जुन उद्देश्य राखेका छन् त्यसमा निहित स्वार्थ छ, डाह छ र कांग्रेसप्रतिको पूर्वाग्रह छ । यी सबै हेर्दा उनी समयको गतिभन्दा धेरै पछि परिसकेका हुन् कि भन्ने पनि देखिन्छ । किनभने अहिले कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार छ । सरकारमा घोषित कम्युनिस्ट पार्टीहरुको महत्वपूर्ण भूमिका छ । यत्तिसम्म कि तिनीहरु विगतको स्थानीय निर्वाचन जे–जसरी तालमेल गरी लडे त्यसबाट पनि सन्तुष्ट छन् । आगामी निर्वाचन पनि ती सबै मिलेर चुनाव लड्ने तयारी गर्दै छन् । वामदेवले यस्ता वास्तविक कुराको ख्याल नगरी गठबन्धन तोड्ने जुन प्रयास गर्दै छन्, त्यो सरकारमा बस्ने कम्युनिस्ट पार्टीलाई नै मान्य हुने छैन । उनीजस्ता पाका नेताले व्यापक दृष्टिकोण अपनाएर दूरदर्शी किसिमले एकताको अभियान सञ्चालन गर्नुपर्नेमा उनले त्यसो गर्न नसकेको महसुस हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width