बैतडी घटनाको छानबिन गर

Avatar सम्पादक
माघ २६, २०७७

बैतडी जिल्लाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बुधबार अपरान्ह बलात्कारपछि हत्या गरिएको घटनाले त्यस क्षेत्र वरपर डर, त्रास र आक्रोशको वातावरण सिर्जना गरेको छ । किशोर भट्ट स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनी आफ्नो पढाइ सकेर २ बजेतिर विद्यालयबाट घर फर्कने क्रममा बाटोमा पर्ने जंगलमा उनीमाथि आक्रमण भएको अनुमान गरिएको छ । उनको शव बिहीबार जंगलमा घिसारेर फालेको अवस्थामा भेटिएको थियो । उनी अर्धनग्न रहेकी र उनको शरीरमा धेरै चोट परेको दाग आदि भएको बताइएको छ । दिउँसो विद्यालयबाट फर्केकै बेलामा त्यस्तो घटना घटेबाट विद्याथीहरु त्रसित भएका छन् भने अन्य सर्वसाधारण मानिस आक्रोशित भएका छन् । स्थानीयले त्यहाँ जुलुस निकालेर अपराधी पत्ता लगाई कारवाही गर्न माग गरेका छन् ।

देशमा कतै बलात्कारपछि हत्या गरिएको घटनाले निर्मला पन्तको स्मरण गर्दछ । निर्मला पन्तको केशमा प्रहरी प्रशासनले धेरै जाँचबुझ गरेको जनाए तापनि अपराधीलाई पक्रन सकेको छैन । प्रहरीले सायद अझ पनि अनुसन्धान गरिरहेको हुनु पर्दछ । तर त्यसको परिणाम कहिले सार्वजनिक गरिएन । यो मामिलामा पनि त्यस्तै नहोस् भनेर स्थानीयले सरकारलाई सचेत र सजग पार्ने काम थालेका छन् । बैतडी जिल्लादेखि बाहिर पनि नारा जुलुस सुरु भएको छ ।

बैतडी घटनालाई गम्भीर रुपमा लिएर स्थानीय प्रहरी र प्रशासनका अधिकारीहरु तुरुन्त घटनास्थल पुगेका र तिनीहरुले राम्ररी स्थलगत निरीक्षण गरेका थिए । तिनीहरुले अनुसन्धानको क्रममा कुकुर पनि लगेका थिए । यी पंक्ति लेखिदासम्म प्रहरी अनुसन्धान कै क्रममा छन् र कसैलाई पक्रेको खबर छैन । स्थितिको गम्भीरतालाई ध्यानमा राखेर नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल) पक्षले निश्पक्ष अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । त्यस्तै विघटित प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सरकारको ध्यान आकर्षित गरेका छन् । घटनाको भत्र्सना गर्दै उनले दोषी पहिचान गरी कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । विभत्स किसिमले बलात्कार गरी हत्या गरिएको घटनाले सबैलाई स्तब्ध पारेको छ । घटनाको निश्पक्ष अनुसन्धान गरी दोषी पत्ता लगाउनु पर्दछ र त्यसलाई कडाभन्दा कडा कारवाही गर्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

    • देशमा अन्योलको स्थिति

      Avatar सम्पादक फागुन १८, २०७७
      प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने सवालमा सर्वाेच्च अदालतबाट पराजित भएको सर्वविदितै छ । पराजितपछि नैतिकता हिसाबले उनले राजीनामा…
    • कमलपोखरीमा कमल फुल्न देऊ

      Avatar सम्पादक फागुन १७, २०७७
      काठमाडौंको कमलपोखरीमा केही वर्षदेखि विवाद बढ्दै गएको छ । वरिपरि ठूल्ठूला भवन बनाएर कमलपोखरीमा पानी कम हुँदै गएको बेला २०७२…
    • योग्य व्यक्तिको अवसान

      Avatar सम्पादक फागुन १६, २०७७
      नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए) का रुपमा ख्याति कमाएका कुवेर शर्माको ८१ वर्षको उमेरमा हृदयघात भई काठमाडौंमा निधन भयो ।…
    • प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति

      Avatar सम्पादक फागुन १०, २०७७
      राजनीतिक पार्टीका नेताहरुले एकआपसमा आलोचना गर्ने गरेको धेरै भयो । तिनीहरुले त्यसरी आलोचना गर्दागर्दै एकले अर्काेलाई व्यक्तिगत लाञ्छना पनि लगाए…
    • नागरिक आन्दोलनको घोषणापत्र

      Avatar सम्पादक फागुन ९, २०७७
      काठमाण्डौमा चलिरहेको बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री के.पी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै प्रजातान्त्रका दिन घोषणापत्र…

    hero news full width