बाढी पहिरोबाट क्षति

सम्पादक
असार २९, २०७७

१. अहिले देशभर बाढी पहिरोले वितण्डा मच्चाएको छ । पहिरोमा परी धेरैले ज्यान गुमाएका छन्, कैयौं वेपत्ता छन् । सयौं परिवार गाउँ छोडेर विस्थापित बन्न पुगेका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ । अविरल वर्षका कारण उद्धारमा कठिनाई भईरहेको र बाटोहरु अवरुद्ध हुँदा खाद्यान्न सामाग्री पुर्‍याउन पनि गार्‍हो भएको छ ।

२. म्याग्दी जिल्लाको धवलागिरी, रघुगंगा र मालिका गाउँपालिकामा शुक्रबार बाढीपहिरोमा परी २७ जनाको मृत्यू भयो । ४ जना वेपत्ता छन् । १२ जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी बेनी, पोखरा र काठमाडौंमा उपचारार्थ अस्पताल भर्ना गरिएको छ । पहिरोबाट मालिका गाउँपालिका–७, का ८ जना र वडा नं. ६ का १८ जना र खोलाले बगाएर रघुगंगा ठाडाखानीका १ जनाको मृत्यु भएको हो ।

३. अविरल वर्षाको कारण धेरै ठाउँमा पहिरो गएको छ । पहिरोको उच्च जोखिममा रहेका मानिसहरुले सुरक्षित ठाउँमा सारिएको छ । सारिएका व्यक्तिहरु कोही मन्दिरको धर्मशालामा, कोही विद्यालयहरुमा र कोही आफन्तको आश्रय लिएर रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी लगायतको संयुक्त टोली पहिरो गएको क्षेत्रमा पुगी उद्धार कार्यमा जुटिरहेको छ । साथै स्थानीयको सहयोगमा वेपत्ताको खोजतलास भईरहेको छ ।

४. यसैगरी जाजरकोटमा पहिरोमा ९ जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता छन् । सिन्धुपाल्चोकको भोटेकोशी र बार्‍हविसेमा बाढीपहिरोमा परी २० जना हराएका छन् । बझाङ र धरानमा खोलाले बगाएर ३ जना वेपत्ता भएका छन् । देशका विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । कटान र डुबानको खतरा पनि बढिरहेको छ ।

५. वर्षामासमा बाढी पहिरोबाट बढी क्षति हुनसक्ने हुँदा यसवेला सचेत रहनु जरुरी छ । सरकारले जोखिम न्यूनीकरणका लागि आवश्यक व्यवस्थापन तुरुन्त गरिहाल्नु पर्दछ । उद्धार सामग्रीको तयारी तथा उद्धारकर्ताको तयारी पनि हुन प¥यो । विपदमा तत्कालै सेवा पुर्‍याउन सूचनाको भरपर्दाे व्यवस्था हुन आवश्यक छ । साथै उद्धारमा जुट्न सक्ने विभिन्न संघ संस्था क्लब, समूह बीच समन्वय हुनु जरुरी छ । घाइतेहरुको उपचार तथा विस्थापित भएकाहरुलाई आवश्यक खाद्य सामग्री लगायतको व्यवस्था हुनुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width