आज असार पन्ध्र

सम्पादक
असार १५, २०७७

१. आज असार पन्ध्र । यस दिनलाई कृषकहरुले विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । धान रोपाई हुने असार महिनाको मध्य भएकोले यो दिन पर्वको रुपमा मनाउने गरिएको हो । यो हाम्रो सँस्कृतिकै रुपमा विकास हुँदै आएको छ । यस दिन हिलो छुनु, हिलोको टिका लगाउनु, हिलो खेल्नु र धान रोप्नुलाई धार्मिक दृष्टिकोणले पनि पुण्यकार्यको रुपमा लिईन्छ । असारे गीत गाउँदै, हिलो खेल्दै र भोज खाएर असारे पन्ध्र मनाउने चलन छ ।

२. यता केही वर्ष देखि असारे पन्ध्रलाई नेपालमा राष्ट्रिय धान दिवसको रुपमा मनाइदै आएको छ । यस वर्ष ‘धान उत्पादनमा बृद्धि, आत्म निर्भरता र समृद्धि’ भन्ने नाराका साथ सत्रौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइदै छ । कोरोना कहरका वीच पनि किसानहरु धान रोपाइमा होमिएका छन् । रोगले भन्दा भोकले मरिने त्रास बढिरहेको वेला धान रोपाईको अरु महत्व बढेको छ ।

३. धान नेपालको मुख्यबाली हो । यो नेपालमा समुन्द्र सतहबाट ६० मिटर उचाइको तराईदेखि ३ हजार ५० मिटर मिटर उचाइको जुम्लाको छुमचौरसम्म धान खेती गरिन्छ । छुमचौर धानखेती हुने संसारकै उच्च स्थान हो । दशेमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुन्छ । कुल ग्राहस्थ उत्पादनमा २६.५० प्रतिशत कृषिको योगदान रहेकोमा त्यस मध्ये धानको १५.३५ प्रतिशत रहेको छ ।

४. पहिले खाद्यान्नमा आत्मनिर्भर रहेको हाम्रो देश यता केही दशक देखि परनिर्भर बन्दै आएको छ । जनसंख्या बढ्दै जानु र खेतवारी बाँझो रहँदै जानु तथा भएको खेतीबाट पनि पर्याप्त उत्पादन गर्न नसक्नु यसका कारणहरु हुन् । अहिले देशमा वार्षिक ३० अर्व रुपैंयाको चामल आयात भईरहेको तथ्याङ्कले धानको माग कति रहेछ भन्ने देखाउँछ ।

५. देशलाई धानमा आत्मनिर्भर बनाउन सकिने अवस्था हुँदाहुँदै पनि त्यसतर्फ ठोस ध्यान जान सकेको छैन । कतिपय जग्गा बाँझा रहेका छन् । सिचाईको व्यवस्था छैन । परम्परागत खेती प्रणाली अझै रहेको छ । उन्नत विऊ प्रयोग नगर्नु र समयमै मल विऊ नपाइनुले पनि असर पुगेको छ । धानमा हामी आत्मनिर्भर बन्छौं भनेर अठोटका साथ लाग्न सकेमात्र धान दिवस मनाएको सार्थकता रहनेछ ।

Related News

सम्बन्धित समाचार

    • विपद्को मारमा हाइड्रो

      सम्पादक असार ४, २०७८
      मनसुनको सुरुआती दिनमा परेको घनघोर पानीले सानातिना खोल्सा पनि उर्लेर आएका छन् । मानवीय र भौतिक क्षति भएको छ ।…
    • बिपीको आदर्श नबिर्स

      सम्पादक जेठ ३१, २०७८
      बिपी कोइराला नेपाली राजनीतिका आदर्श पुरुष हुन् । नेपाली राजनीतिमा उनको दलमात्र होइन, कम्युनिस्टहरुले पनि बिपीको चिन्तन र विचारको प्रशंसा…
    • अस्थिरताको बाटोमा

      सम्पादक जेठ २८, २०७८
      विभिन्न शंका उपशंका र आकलनबीच गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत गुमाएका छन् । प्रतिपक्षी दलहरुको दाबी…
    • खोपमा मनोमानी नगर

      सम्पादक जेठ २७, २०७८
      कोरोनाको महामारी छिट्टै अन्त्य हुने छाँटकाँट छैन । अब यसबाट कसरी बच्ने भनेर उपाय अपनाउनुबाहेक विकल्प छैन । पोहोरजस्तो कडा…
    • अनलाइन कक्षाको प्रभावकारिता

      सम्पादक जेठ २६, २०७८
      सरसर्ती हेर्दा कोरोना स्वास्थ्य समस्या हो । यसलाई बृहत रुपमा हेर्ने हो भने यो स्वास्थ्य क्षेत्रमात्र होइन, यसले नछोएको, असर…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग