१. पोखराको पुरानो पुस्तकालय पोखरा कुँडहर स्थित अरण्यज्योति पुस्तकालयले नयाँ भवन पाउने भएको छ । पोखरा–१३ वडा कार्यालय परिसरमा निर्माण हुन लागेको पुस्तकालय भवनको शनिबार शिलान्यास भयो । करिब ४० लाखको लागतमा बन्न लागेको उक्त भवनको निर्माणको लागि पोखरा महानगरपालिकाले ३८ लाख ६८ हजार छुट्टाएको जनाएको छ । उक्त भवनमा पुस्तकालयसँगै बाल, महिला, श्रव्यदृष्य, खेलकूद, संगीत साथै आध्यामिक कक्ष सहित बहुउपयोगी बनाउने योजना रहेको बताइएको छ ।
२. नेपालमा राज्यस्तरमा औपचारिक रुपमा वि.सं. १८६९ भाद्र १५ गते देखि पुस्तकालयको सुरुवात भएको हो । बडामहाराधिराज पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणका क्रम देखि संकलित ऐतिहासिक महत्वका कागजपत्र एवम् पुस्तिका संकलन गरी राजा गिवार्णयुद्ध विक्रम शाहले पुस्तकालय सम्बन्धी लालमोहर लागेको दिनलाई नै पुस्तकालयको सुरुवात मानिएको छ । त्यसपछि समुदाय स्तरमा पनि पुस्तकालय सञ्चालन गर्ने प्रयास भए । तर राणा शासनमा पुस्तकालय खोल्नु अपराध मानिन्थ्यो । पुस्तकालय खोल्दा जनता जान्ने बुझ्ने हुन्छन्, आफ्नो शासन धरापमा पर्छ भनेर राणाहरु तर्सन्थे । महाकवि लक्ष्मीप्रसाद देवकोटा सहितका युवाहरुले काठमाडौंमा वि.सं. १९८७ मा सरस्वती सार्वजनिक पुस्तकालय खोल्न ४५/४६ जना एकैचोटी पक्राउ परेका र जरिवाना तिरेर छुटेको इतिहास छ ।
३. २००७ सालको क्रान्ति पछि देशका विभिन्न क्षेत्रमा सामुदायिक पुस्तकालयहरु खुले । वि.सं. २००९ सालमा पोखरा कुँडहरमा अरण्यज्योति पुस्तकालय खुलेको हो । त्यसैताका पोखरामा खुलेको आदर्श पुस्तकालय अहिले अस्तित्वमा छैन । २०४६ सालको परिवर्तनपछि पुरानो नगर वाचनालय पोखरा सार्वजनिक पुस्तकालयको रुपमा महेन्द्रपुलमा सञ्चालित छ । सिद्धार्थ पुस्तकालय सिद्धार्थचोक, शहीदस्मृति पुस्तकालय मालेपाटन, ज्ञानज्योति पुस्तकालय, रामबजार, दीपशिखा पुस्तकालय भण्डारढिक आदि सामुदायिक पुस्तकालयहरु पोखरामा रहेका छन् ।
४. पुस्तकालय चेतनाको ज्योति हो । रातको अन्धकारमा घनघोर जंगलभित्र फसेको बटुवाले ज्योतिका माध्यमबाट बाटो पहिल्याउँछ । त्यसैलाई अरण्यज्योति भनिएको हो । पोखरा कुँडहरका तत्कालीन जागरुक व्यक्तित्वहरुबाट ६८ वर्ष अघि स्थापना भएको पुस्तकालयलाई निरन्तरता दिँदै व्यवस्थित बनाउने जुन कार्य अगाडि बढेको छ, त्यसको सह्राहना गर्नै पर्दछ । पुस्तकालय ज्ञानको महत्व मात्र होइन, इतिहासको सम्मान पनि हो । यसका लागि पहल गर्ने सबै धन्यवादका पात्र हुन् ।
Related News
सम्बन्धित समाचार
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७