ड्रिम प्रोजेक्ट अगाडि बढाऊ

सम्पादक
असार १८, २०७८

प्राकृतिक रुपमा सुन्दर पोखरा खेल पर्यटनका लागि उत्तिकै आकर्षक छ । अन्यत्र सम्भव नभएका थुप्रै साहसिक खेल पोखरा र आसपासमा हुन्छन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प, क्यानोनिङ, जिप फ्लायर, हटएअर बेलुनलगायत खेलकुद गतिविधिले पनि पोखरा चिनाएको छ । गएको वर्ष पोखराले आठौं साग भव्यरुपमा गरेर उदाहरण नै देखायो । रातारात भए पनि रंगशाला मर्मत गरेर प्रतियोगिता भए । आश गरे अनुसारका पदक पनि हात पारे नेपाली खेलाडीले । रंगशाला परिसरमै सुविधा सम्पन्न क्रिकेट मैदान छ । अहिले प्रदेश सरकारले पोखरा ३३ भरतपोखरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन लागेको छ । जसका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको छ । कास्कीमात्रै होइन गण्डकीकै र नेपालकै लागि गौरव हुने गरी पोखरा नजिकै अखिल नेपाल फुटबल संघले एन्फा ट्रेनिङ सेन्टरको प्रस्ताव ल्याएको छ । फिफाको लगानीमा बन्ने उक्त सेन्टरको प्रारम्भिक पूर्वाधारका लागि गण्डकी प्रदेश सरकारले पनि लगानी गर्ने भएको छ ।
कर्माछिरिङ शेर्पाले एन्फा अध्यक्षमा उम्मेदवारी दिइरहँदा ७ प्रदेशमा १४ ट्रेनिङ सेन्टर बनाउने विषयलाई घोषणापत्रमा समेटेर चुनावमा होमिएका थिए । संयोगले उनी विजयी भए । चुनाव जितेलगत्तै बसेको एन्फाको बैठकले कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ भेंडाबारीमा बहुद्देश्यीय ट्रेनिङ सेन्टर बनाउने निर्णय ग¥यो । अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय रहने गरी संरचना बनाउने प्रस्ताव पारित भएको हो । ‘ड्रिम प्रोजेक्ट’ को रुपमा निर्माण गर्ने भनिएको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ८० जना बालबालिकालाई अभ्यासका लागि राख्ने पनि योजना छ ।
२०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताए पनि २०७८ लागिसक्दा टेन्डर आह्वान हुन सकेको छैन । आफ्ना केही माग राख्दै आफ्नै ठाउँमा उक्त आयोजना बन्नुपर्ने बताएका स्थानीय ६ महिना बितिसक्दा पनि शिलान्यास नहुँदा अचम्मित छन् । केही आयोजना अन्त कतै सरेको हो कि ? भनेर आशंका गर्न थालेका छन् । फुटबलको मात्र नभई स्थानीयस्तरमै विकासका गर्ने अन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिने उक्त प्रोजेक्टको सपना देखेका स्थानीय पनि कहिले बन्छ भन्ने आशामा बसिरहेका छन् । यति धेरै महत्वको यो योजनालाई तत्काल अगाडि बढाउन स्थानीय तह र प्रदेश सरकारले पनि जोड दिनुपर्ने देखिन्छ । पोखराभन्दा केही परको माछापुच्छ«ेमा तयार हुने यो परियोजनाले त्यस क्षेत्रको भविष्य पनि खोल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width