पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल वायुसेवा नियमसँग पर्याप्त जहाज नहुनु बिडम्बना हो भन्दै निगमलाई जहाज थप्न सहयोग गर्ने बताएका छन् । पर्यटन मन्त्रीको त्यो आश्वासनले निगममा एक किसिमको खुुुसी छाएको छ । नेपाल वायुसेवा निगमसँग कर्मचारी छन्, प्राविधिक छन् तर जहाज पर्याप्त नभएका कारण उनीहरुले काम पाएका छैनन् । निगमको यस्तो अवस्थामा विभागीय मन्त्रीले त्यस्तो आश्वासन दिनु सकारात्मक कुरा हो । धेरै पर्यटन मन्त्रीहरु आए तर उनीहरुले निगमलाई सुधार्नुभन्दा निगमलाई दुहुनो गाई बनाएर त्यसबाट फाइदामात्र उठाए । केहीले निगमलाई सुधार्न नसकिने भन्दै प्राइभेट लिमिटेड कम्पनी बनाएर बेच्ने विचार गरेभने कतिपयले विदेशीलाई दिने विचार पनि गरे ।
नेपाल वायुसेवा निगम नेपालको सबभन्दा पुरानो हवाई कम्पनी हो । राष्ट्रिय ध्वजावाहक कम्पनी भएकाले यसको छुट्टै महत्व छ तर त्यो महत्वलाई सरकारमा बस्नेहरुले समेत बुझिदिएनन् । केहीले बुझे तर बुझ पचाए । वायुुसेवा निगमजस्तो ठूलो कम्पनीमा वायुसेवासम्बन्धी ज्ञान नै नभएका व्यक्तिलाई बोर्डमा राखे । निगम कहिले भागबन्डाको सिकार भयो भने कहिले भ्रष्टमन्त्रीको हातमा पिल्सिनु पर्यो । भ्रष्टचारका अनेक काण्डहरु भए । तिनीहरुमध्ये केही बाहिर पनि आए तर कसैलाई कारबाही भएनन् । जसले गर्दा निगम घाटामा गयो । ऋणमाथि ऋणको भारी बोक्नुपर्यो । निगम स्थापना भएकै वर्षमा स्थापना भएका विदेशी कम्पनीहरुले दर्जनौं जहाज थपेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै छन् भने नेपाल वायुसेवा निगम मन्त्रीले विमान थप्ने आश्वासनमात्र दिँदा पनि खुसी हुनुपर्ने अवस्थामा पुगेको छ । यसैबाट यसको स्थिति प्रष्ट पार्दछ ।
निगममा बोइङकाण्ड भयो । वाइडबडी काण्ड भयो । संसदीय लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसका फाइल हेरे, अपराधीहरु देखे भ्रष्टाचारीहरु चिनिए पछि तिनीहरुले फाइल नै बन्द गरे । यत्तिसम्म कि बिना प्राविधिक सल्लाह चीनबाट दुइटा जहाज किनेर ल्याए र दुइटा उपचार दिए । ती कुनै पनि जहाज केही महिना पनि चलेनन् । हाम्रा ठूलाबडा सरकार प्रमुखहरु वैदेशिक भ्रमणमा जाँदासमेत राष्ट्रिय ध्वजावाहक जहाज प्रयोग नगरी निजी कम्पनीको जहाजमा जान्छन् । तर पारिवारिक प्रयोग आदिमा निगमको जहाज प्रयोग गर्छन् । तिनीहरु टिकटको भुक्तानीसम्म दिँदैनन् र बोर्डमा राखी मिनाहा गराउँछन् । एकातिरको स्थिति यस्तो छ भने अर्काेतिर मन्त्री, नेताहरु पाइलटको सेडु अनुसार जानुभन्दा उडेको जहाजलाई आपूm खुसी अन्तै जान लगाउँछन् । त्यसरी जहाज दुर्घटना भएको पनि उहादाहरण छन् । नेपालमा यस्तो चलन भएकाले पनि युरोपतिर नेपाली जहाजलाई प्रवेश गर्न रोक लगाइएको छ । हाम्रो वायुसेवा निगम किन फस्टाउन सकेन भन्ने यो सानो विवरणमात्र हो । यस्तो धेरै कुरा छन् जसले निगमलाई सेतो हात्ती भनेर त्यसलाई राख्नु उचित छैन भन्ने गरेका छन् । यी सबैको परिप्रेक्ष्यमा पर्यटनमन्त्री आलेले निगमलाई जहाज थप्ने सहयोग गर्ने जुन वचनबद्धता जनाएका छन् । त्यो ठूलो कुरा हो । त्यसलाई छिट्टै कार्यान्वयन गर्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१