सकियो बर्खे अधिवेशन

सम्पादक
असाेज २८, २०७७

१. गण्डकी प्रदेश सभाको छैटौं तथा यो वर्षको बर्खे अधिवेशन सोमबार देखि सकिएको छ । जेठ ११बाट सुरु भएको अधिवेशनले आव २०७६ को बजेट पारित साथै १४ वटा विधेयक पारित गरेको छ । गण्डकी प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो । त्यस यता कुल ४६ वटा विधेयक पारित भएका छन्

२. विधायन समितिमा दुई वर्ष भन्दा बढी रोकिएर बसेका प्रदेशसभा सचिवालय विधेयक अहिले पारित भयो । यसैगरी प्रदेश विकास समिति, विकास प्रधिकराण, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रदेश कृषि व्यवसाय पारित भएको छ । विज्ञान तथा प्रविधि प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना गर्ने बाटो पनि खुलेको छ ।

३. समयमै प्रदेशको नामाकरण र राजधानी तोक्ने कार्य टुंग्याउन सफल रहेको गण्डकी प्रदेशलाई अनावश्यक विवादमा अल्झेर बस्नु परेको अवस्था छैन । प्रदेश सभामा नेकपाको बहुमत रहेपनि अधिकांश निर्णयहरुमा प्रतिपक्षी पार्टीको रचनात्मक सहयोग रहँदै आएको छ । यसपटक कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र कोरोना नियन्त्रणको विषयलाई लिएर सदन अवरुद्ध गरेको थियो भने प्रदेश सभामा पहिलो पटक संकल्प प्रस्ताव पनि दर्ता भएको थियो ।

४. प्रदेशको शान्ति, सुरक्षा लगायत विदेशी लगानी भित्र्याउने आवश्यक विधेयकहरु पारित हुँदा प्रदेश सरकारलाई काम गर्न भईसकेको छ । यसका लागि आवश्यक नियमावली बनाउन स्वीकृत भएको छ । यही शैक्षिक सत्रबाट पढाई सुरु गर्ने तयारी छ । यसैगरी महालेखाले देखाएको वेरुजु फस्र्यौट गर्ने कार्य पनि धमाधम भईरहेको जानकारी दिईएको छ ।

५. कामकाजमा संघीय सरकारभन्दा गण्डकी प्रदेश अगाडि रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको दावी छ । संघीय लगायत अरु प्रदेश सरकारहरु विभिन्न विवादमा फसिरहेका छन् वेला गण्डकी प्रदेश त्यो अवस्थाबाट मुक्त रहनु राम्रो हो । दुःखद् कुरा यो वर्ष गण्डकी प्रदेशले सबै भन्दा ठूलो प्राकृतिक प्रकोप भोग्न पर्‍यो । अविरल वर्षाका कारण बाढीपहिरोबाट ठूलो धनजनको क्षति भयो । वाढी, पहिरो पीडितहरुलाई आवश्यक राहत पुर्‍याउने र व्यवस्थित गर्ने काम अझै बाँकी छ । प्रदेश सरकारले छिटो पूरा गरोस् । वेलैमा जिम्मेवारी पुरा गरेर यसमा पनि नमूना देखाओस् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width