९२ वर्षका प्रधानमन्त्री

सम्पादक
वैशाख ३१, २०७५

१. मित्रराष्ट्र मलेसियाका पूर्व प्रधानमन्त्री ९२ वर्षीय महाथिर विन मोहम्मदले चुनाव जितेर फेरि प्रधानमन्त्री भएको समाचार नेपालीबीच पनि चर्चाको विषय भएको छ। उनी सन् १९८१ देखि २००३ सम्म २२ वर्ष लगातार प्रधानमन्त्री भएका थिए भने १५ वर्षको अन्तराल पछि फेरि उनी त्यही पदमा आसीन भएका छन्।

२. ९२ वर्षको उमेरमा प्रधानमन्त्री हुनु आफैमा चर्चाको विषय हो । युवालाई नेतृत्व सुम्पनु पर्दछ भनी विश्वव्यापी रुपमा आवाज घन्केको बेला अमेरिकामा बूढा ट्रम्प राष्ट्रपति हुनु र अहिले झन् उनीभन्दा वृद्ध ९२ वर्षीय महाथिर प्रधानमन्त्री भएका छन्। युवाहरुका लागि यो चुनौतीको विषय हो।

३. महाथिरको चर्चा उनको उमेरले मात्र गरेको होइन, उनी आधुनिक मलेसियाका निर्माता पनि हुन्। उनले सत्ता सम्हाले पछि मलेसियामा यत्ति द्रूत गतिले विकास र निर्माणका काम गरे कि सानो मलेसिया छिट्टै समृद्धिको शिखरमा पुग्यो। मलेसियाको आर्थिक विकास समृद्ध देशहरुका लागि पनि लोभलाग्दो विषय बन्यो।

४. पार्टीा उनका साथीहरुले उनलाई असहयोग गर्न राजीनामा पनि गरे। तर ती केहीलाई पनि उनले वास्ता गरेनन्। उनी एक सुरले देश विकासको काममा निःस्वार्थ भावनाले लागिरहे। उनले जब अन्तर्राष्ट्रिय स्तरको क्वालालम्पुर विमान स्थल, ठूलो “टु हन टावर अफ द वर्ल्ड” जस्ता अन्तर्राष्ट्रिय महत्वका योजनाहरु समयमै निर्माण गरे, तब उनको ख्याति फैलिएको हो।

५. मलेसियासँग नेपालीहरुको सय वर्ष भन्दा पुरानो नाता छ। त्यस बेलाका गोर्खालीहरु आसाम, बर्मा र थाइलैण्डको बाटो भएर रबर बगानमा काम गर्न मलाया पुगेका थिए। सन् १९६० मा वी.पी. कोइरालको नेतृत्वको सरकारले मलेसियासँग दौत्य सम्बन्ध स्थापना गरेको थियो। इण्डोनेशियासँग त्यसको युद्ध हुँदा त्यसको सहायताका लागि गोर्खा पल्टन पुगेको थियो। त्यही युद्धमा असाधारण पराक्रम देखाएकाले गोर्खा पल्टनका रामबहादुर लिम्बुले भी.सी. तक्मा पाएका थिए।

६. मलेसिया नेपालीहरुको रोजगारीको गन्तव्य स्थल भएको छ। रोजगारीका लागि त्यहाँ जाने नेपालीहरुको संख्या बढ्दो छ। पर्यटनको दृष्टिले त्यहाँ जाने र त्यहाँबाट नेपाल घुम्न आउनेहरुको संख्या पनि बढ्दो छ। यो आदान-प्रदानले नेपालीहरुले मलेसियालाई नजिकको मित्र राष्ट्र सम्झन्छन्। यी दुर्इ देश नजिकको भएर पनि व्यापार र सहयोगको क्षेत्र उल्लेखनीय छैन।

७. नजिकको देश भएर महाथिरको यो सत्ता वापसी नेपालमा चर्चाको विषय भएको छ। नेपालमा विकास नभएर हैरान भएको बेला महाथिरजस्ता नेता चाहिन्छ भनी यहाँ उनलाई उदाहरणीय नेताको रुपमा हेर्ने गरिएको छ। उनले ९२ वर्षको उमेरमा के कस्ता कार्य गर्लान् त्यो भने हेनै पर्ने भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width