१४ फेबु्रअरीको महत्व

सम्पादक
फागुन २, २०७५

१. केही वर्षदेखि १४ फेबु्रअरीलाई ज्यादै उत्साहका साथ प्रतीक्षा गर्ने गरिएको छ । १४ फेबु्रअरी त्यो दिन हो, जुन दिनमा दुईटा महत्वपूर्ण संयोग जुरेका छन् । दुईटा महत्वपूर्ण संयोग जुरेकाले अरु दिनको भन्दा यस दिवसको महत्व अलि छुट्टै र विशेष किसिमको छ । त्यसैकारण यो दिवस मान्नेहरुको संख्या अप्रत्याशित रुपले बढ्दै गएको छ ।

२. १४ फेबु्रअरीलाई पश्चिमाहरुले धेरै पहिलेदेखि भ्यालेन्टाइन डेको रुपमा मनाउदै आएका छन् । “भ्यालेन्टाइन डे” अर्थात् प्रणय दिवसको रुपमा मान्नेहरुको संख्या प्रत्येक वर्ष बढ्दै छ । हिजो पहिला पश्चिमा देशहरुमा सीमित भएको यो दिवस सात समुद्र पार गरेर एशियामा पनि आएको छ ।

३. केही वर्ष पहिले देखि यसले नेपालमा पनि प्रवेश पाएको छ । शुरुमा काठमाडौंमा केन्द्रित यो दिवस मान्ने चलन ठूला बडा शहरहरुमा फैलिएको छ । अहिले त  गाउँघरतिर पनि प्रणय दिवसको प्रभाव प्रष्ट देख्न थालिएको छ । प्रणय दिवस युवायुवतीहरुसँग सम्बन्धित छ । त्यसैले यसको प्रचारप्रसार बढ्दै गएको छ ।

४. युवा युवतीहरुले यस दिवसको उपलक्ष्यमा सातपत्र भित्र हृदयमा रहेको आफ्नो प्रेम प्रस्फुरण गर्ने गर्दछन् । आफुले चाहेकालाई गुलाफको फूल लगायतका प्रतीकात्मक रुपमा उपहार दिएर आफ्नो मनको चाहना प्रकट गर्ने गर्दछन् । केही समय पहिले उपहार आदि प्रदान गर्ने काम अप्रत्यक्ष रुपले गर्ने गर्दथे भने अहिले त्यो काम खुल्लम खुल्ला हुने गर्दछ ।

५. यसरी खुल्लमखुल्ला प्रेम प्रकट गर्ने कामलाई कतिपयले अश्लील भन्दै यो पश्चिमी संस्कृतिले हाम्रो संस्कृतिलाई अतिक्रमण गरेको रुपमा व्याख्या गर्ने गरेका छन् । भारतका कट्टर हिन्दुवादी भारतीय जनता पार्टीका कार्यकर्ताहरुले युवायुवतीहरु पार्क आदिमा साथ साथ बसेकोलाई पनि सैह्य मान्दैनन् । उनीहरुको विरोधका बाबजुद पनि यो फैलिँदैछ ।

६. यसको अतिरिक्त, आजको दिनलाई “अन्तराष्ट्रिय पुस्तक उपहार” दिवसको रुपमा पनि मनाउने गरिन्छ । सन् २०१२ मा अमेरिकी नागरिक ब्लगरएभी ब्रोडमुर र उनको छोराले जतिसक्यो छिटो मानिसहरुको हातमा पुस्तक पुर्याउने उद्देश्य राखेर यो दिवस मान्ने गरिरहेको थियो । विगत पाँच वर्षदेखि विविध कार्यक्रम राखेर यो दिवस मान्ने गरिएको छ । यसले पढ्ने संस्कृतिको विकास गरेको अनुभव गराएको छ ।

७.     दुई दुुई ओटा महत्वपूर्ण संयोग परेकोले आजको दिनको महत्व त्यसै पनि ठूलो छ । अन्तराष्ट्रिय पुस्तक उपहार दिवसका सम्बन्धमा कुनै विवाद छैन । यसले निश्चय नै पढ्ने संस्कृतिको विकास गर्दछ । जहाँसम्म प्रणय दिवसको सवाल छ । यसमा केही विवादहरु छन् । त्यसलाई युवायुवतीहरुले पनि महसुस गर्नु पर्दछ । उपहार आदि दिने जुन काम यस दिवसमा हुन्छ, त्यसलाई शिष्टाचारसम्मत किसिमले तथा उत्ताउलोपनको छनक नआउने किसिमले सम्पादन गरिएमा त्यो सबैका लागि पाच्य हुन सक्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width