ह्रासोन्मुख मूल्य मान्यताको परिणाम

सम्पादक
असार २२, २०७६

१. केही समयदेखि देशमा मानवतालाई स्तब्ध पार्ने समाचार आउन थालेका छन्कतै आफ्ना सहोदर बाबुले नाबालक छोरीलाई निर्ममता पूर्वक हत्या गरेकेा समाचार आएको भने कतै छोराले आमालाई खुकुरी प्रहार गरेको समाचार आउने गरेको यस्तो हत्या हिंसामा पुरुषहरु मात्र होइनन्, महिलाहरु पनि सरि भएको समाचार पनि आएको छोरीले आफ्नै आमाको हत्या गर्न लगाएको कुरा पनि बाहिर आएको

२. देशमा हत्या, हिंसाको राजनीति भित्रिएपछि त्यसले अनेक विकृति र विसंगति जन्माएको कुनैबेला कुनै सिद्धान्तका लागि मानिस मर्ने गर्दथे भने अहिले आर्थिक प्रलोभनका लागि मानिस मार्ने गरिएको त्यसमा पनि बाबु आमाले छोराछोरीलाई छोराछोरीले बाबुआमालाई मारेका छन्मानवताको इतिहासमा यो ठूलो कलंक हो

३. अहिले प्रत्येक हप्ता त्यस्तो विभत्स हत्याका घटना भएका छन्समाजमा विकृति विसंगति व्याप्त भएको छ। समाजमा यस्तो संस्कार संस्कृति भित्रि रहेछ, तर हाम्रो संरकार राजनीतिक नेताहरु कसैलाई त्यसको चिन्ता उनीहरु आफ्नै राजनीतिक घोडा दौडाउँदैछन्

४. समाज त्यसर कलंकित हुनुमा हाम्रो शिक्षा, दीक्षाको परिणाम पनि होहाम्रो राजनीतिमा आपराधीकरण हुनु होजस्तो सुकै अपराधी, भ्रष्टाचार एवं नैतिक पतन भएकालाई पनि पार्टीमा रातो कार्पेट विछ्याएर स्वागत गर्ने प्रचलन भएपछि समाज कसरी राम्रो बन्न सक्छराजनीतिक क्षेत्र भ्रष्टहरुले भरिएको

५. जमीनमा जस्तो रोप्यो, त्यस्तै उम्रने होराजनीतिक नेताहरुले छातीमा हात राखेर भनून् कि उनीहरुले समाजमा के रोपेका छन्। व्यवहार नराम्रो गर्ने तर बाहिर ठूलठूलो स्वरले कराएर मात्र हुन्छ? विकास निर्माणका कुरा गरेर सर्वसाधारणलाई अन्तै मोड्ने तर समाजमा व्याप्त त्यस्ता विकृति विसंगतिको विरोधमा केही नगर्ने भएपछि सुधार कसरी हुन सक्छ?

६. नेपाल निश्चय नै शान्तिप्रिय देश होयहाँ एक आपसमा मैत्रीभाव थियोसहयोगको भावना थियोएकले अकोर्लाई मायाममता आदरभाव दर्शाउने गरिन्थ्योबलात्कार, हत्या, हिंसाको घटना विरलै हुन्थ्योकसैले त्यस्तो गर्ने गरेमा समाजमा ऊ निन्दनीय हुन्थ्यो। बहिष्कार जस्तै हुन्थ्यो

७. समाजले त्यस्तो गर्ने भएकाले अपराध गर्न मानिसहरु हिचकिचाउथेअपराधगर्नेहरु हतोत्साही हुन्थेतर आजको मूल्य मान्यता फरक समाजले निन्दित गरेको भएता पनि, अदालतले डामेको भएता पनि पार्टी सरकारले चोख्याए पछि त्यो चोखिन्छयस्तो परम्पराले गर्दा हाम्रो समाजमा मानवीयमूल्य मान्यता ह्रास हुँदै गएको अपराधीकरण बढ्दैछबाबुआमाले छोराछोरी लाई छोराछोरीले बाबा आमाको हत्या, हिंसा गर्ने प्रवृत्ति बढ्दो छ। सरकार, ाजनीतिक नेताहरु, समाजशास्त्री लगायतका समाजका अग्रजहरुको ध्यान यस क्षेत्रमा जानु आवश्यक

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width