हेमजाको आलु

सम्पादक
चैत्र २५, २०७५

१. पोखरा महानगरपालिका–२५, स्थित हेमजामा यस पटक पनि आलु महोत्सवको आयोजना गरिएको छ। यस पटकको यो १०औं महोत्सवले विगतको भन्दा धेरैलाई आकर्षित गरेको छ। अहिले पोखराको सेरोफेरो मात्रहोइन, पूर्व र पश्चिमका किसानहरुले आलु महोत्सवको चर्चा गरेका छन् र केही किसानहरु महोत्सव हेर्न, केही सिक्न र आलु किन्न पनि आउने गरेका छन्।

२. “सुन्दर ठाउँ हेमजा जाऊँ, आलुको स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ शुरु भएको आलु महोत्सवको प्रत्येक वर्ष आकर्षण बढ्दै गएको छ। एकातिर भएको आकर्षण बढ्दै गएको छ भने अर्कोतिर स्थानीय किसानहरुमा आत्मविश्वास बढेको छ। आलुबाटै नाम र दाम कमाउन सकिन्छ भन्ने भावना विकास भएको छ।

३. आलु महोत्सवलाई आकर्षणको थलो बनाउन आयोजकहरुले धेरै बुद्धि र विचार खचेर्का छन्। हेमजामा आलु महोत्सव हुने मात्र होइन, महोत्सव भए आलुको पहाड बनाउने गरिन्छ। आलुको परिकार बनाइन्छ र सिक्न आउनेहरुलाई सिकाउने व्यवस्था पनि गरिएको छ। आलुका साथ च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी पनि गरिएको छ।

४. साथै महोत्सवमा सांस्कृतिक कार्यक्रम, चर्चित हास्य कलाकारहरुको बेजोड प्रस्तुतिको व्यवस्था पनि छ। महोत्सव भन्दा पहिले आयोजित र्यालीमा विशेषतः महिलाहरुले आलुको तिलहरी शीरमा मकै र केराउको शिरबन्दी आलुको मुन्द्री आदि लगाएर जुनप्रदर्शन गरेका थिए। त्यसले राजधानीका ठूल्ठूला अखबारको ध्यान तान्न पनि समर्थ भएको देखिएको छ।

५. हेम्जामा चार सय ५७ हेक्टर क्षेत्रफलमा आलु उत्पादन हुँदै आएको छ। तर यो क्षेत्रफल घट्दै गएकोमा कृषकहरु चिन्तित छन्। विगतमा भन्दा अहिले उत्पादन घटेको छ। हेम्जाले “हेमजाआलु” भन्ने छुट्टै ब्राण्डबनाउन सफल भएको छ। हेम्जाको आलु भन्नासाथ यस क्षेत्रमा मीठो र चाँडै पाक्ने मानिन्छ। उपभोक्ताहरुको रोजाईमा पर्ने गरेको छ।

६. हेम्जा आलुको पकेट क्षेत्रको रुपमा विकसित भइरहेको छ। आयोजकहरुका अनुसार आलु उत्पादन वषेर्नी २१ करोड रुपैयाँबराबरको हुने गरेको छ। यसले कृषकहरुको आय स्तर बढाउनमा ठूलो भूमिका खेलेको छ। हेम्जामा यो जुन विकास भएको छ, त्यो निजी क्षेत्रको प्रयासबाट भएको छ। महोत्सवको अवधारणा पनि उनीहरुकै सद्विचारको परिणाम हो।

७. १० वर्षसम्म महोत्सव मनाएर पनि, उत्तिकै प्रचार प्रसार गरेर पनि त्यस गाउँले एउटा कोल्ड स्टोर पाएको छैन। पोखराको नयाँबजारमा अख्तियारको कार्यालयको ठीक अगाडि निर्मित कोल्ड स्टोर सशस्त्रबन्दका कारण त्यसै दुरुपयोग भएर रहेको छ। त्यसको सोधखोज कत्तै भएको छैन। त्यो जे भए पनि हेम्जाको उत्पादन बढाउनमा सघाउ पुर्याउनु सबैको कर्तव्य हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width