स्वास्थ्यकर्मीलाई बेलायत जाने अवसर

सम्पादक
भाद्र ८, २०७९

बेलायत भन्नासाथ नेपालीको मनमा एउटा सम्मानको भावना छ । रोजगारीको दृष्टिले त झन त्यो देश आकर्षणको थलो नै हो । नेपालीहरु गोर्खा भर्ती केन्द्रको माध्यमबाट बेलायती सेनामा जाने गरेका छन् । हो, यस सम्बन्धमा केही विवाद निश्चय नै छन् । नेपालका कम्युनिस्ट पार्टीहरुले पहिलेदेखि गोर्खा भर्ती केन्द्र बन्द हुनुपर्छ भन्ने कुरा उठाउने गरेका छन् । त्यसरी कुरा उठाए तापनि आफू सरकारमा छँदा ती पार्टीहरुले यस सम्बन्धमा बोल्ने गरेका छैनन् । अर्को, भूतपूर्व गोर्खाहरुले बेलायती सेनासरह आफूहरुले सुविधा नपाएकामा विभिन्न किसिमबाट आन्दोलन गरिरहेका छन् । ती सबै भएर पनि बेलायतसँग नेपालको सम्बन्ध सुमधुर छ । रोजगारीको सम्बन्धमा नेपालीको पहिलो गन्तव्य बेलायत हो भन्नु अत्युक्ति हुँदैन । अहिले नेपाली स्वास्थ्यकर्मीहरु पनि रोजगारीका लागि बेलायत जान पाउने अवसर उपलब्ध हुने कुरा यस क्षेत्रमा एउटा आशा र उत्साहको सञ्चार गरेको छ ।

हालै बेलायत सरकार र नेपाल सरकारकाबीच नेपाली स्वास्थ्यकर्मीहरु रोजगारीका लागि बेलायत लैजाने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एक नारायण अर्यालले र बेलायती सरकारका तर्फबाट नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा बेलायत गएका स्वास्थ्यकर्मीले त्यहाँका स्वास्थ्यकर्मीसरह सेवा, सुविधा र अधिकार पाउने उल्लेख छ । त्यत्तिमात्र होइन, त्यहाँ जानका लागि छनोट भएका स्वास्थ्यकर्मीले निशुल्क त्यहाँ जान पाउने छन् । त्यसरी निशुल्क जान पाउनु ठूलो अवसर हो । यो सम्झौताअन्तर्गत नर्समात्र होइन, अन्य स्वास्थ्यकर्मीहरु त्यहाँ जान पाउने भएका छन् । लामो समय पहिलेदेखि यो हल्ला चलेको थियो, तर मूर्तरुप लिएको थिएन । अब दुई देशबीचको सम्झौताले यसलाई पक्का बनाएको छ ।

जिटुजीमार्फत बेलायत जानु ठूलो कुरा हो । यस सम्बन्धमा अरु विस्तृत कुरा बाहिर आएको छैन । स्वास्थ्यकर्मीहरु छनोट कसरी गरिन्छ, पदस्थापन र सेवा सुविधालगायतका कुरामा छलफल चलिरहेको छ । नेपालमा स्वास्थ्यकर्मीहरु उत्पादन गर्ने एउटा लहर नै चलेको छ । निजी क्षेत्रका लगानीकर्ताले ठूल्ठूला अस्पताल खोल्न थालेपछि नर्सहरुको माग बढेको छ । रोजगारीका लागि बेलायत जाने बाटो खुलेपछि स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विकासमा यसले ठूलो सघाउ पु¥याउने छ । पहिलो पटक छिटै एक समूह नर्सहरु परीक्षणका लागि लैजाने र तिनीहरुको काम, कुरा, अनुशासन, दक्षता आदि हेरेर समूह समूहगतरुपमा लैजाने समझदारी भएको छ । बेलायतमा अहिले पनि नेपाली नर्स र डाक्टरहरुले त्यहाँका अस्पतालमा सेवा गरिरहेका छन् । तिनीहरु त्यहाँ आफ्नै किसिमले गएका हुन् भने अहिले सरकारबीचको सम्झौताअनुसार जाने भएका छन् । यो राम्रो अवसर हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width