स्वतन्त्र पत्रकारिताः आजको आवश्यकता

सम्पादक
वैशाख २६, २०७६

१. नेपालमा पत्रकारिताको प्रारम्भ गोरखापत्रको प्रकाशनका साथ भएको मानिन्छ। गोरखापत्रको प्रकाशन १९५८ सालमा भएको हो। २००७ सालमा प्रजातन्त्र आएपछि अन्य पत्रपत्रिकाहरुको प्रकाशन शुरु भएको थियो। २०१७ सालमा पञ्चायती व्यवस्था ल्याएपछि त्यो कालभरि पत्रकारहरुको संघर्षको काल रह्यो। त्यसबेला पत्रकारहरुले पञ्चायतको विरोधमा तथा प्रजातन्त्रको पक्षमा लेख्ने गरेका थिए।

२. त्यस काललाई मिशन पत्रकारिता भन्ने गरिएको छ। २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि पत्रकारहरुले निर्वाध स्वतन्त्रताको उपभोग गर्न पाए। २०४७ सालको संविधानले प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेको थियो भने तत्पश्चात् बनेको सरकारले प्रजातन्त्रको पुनर्बहालीमा प्रेसको भूमिकाको कदर गरेर विभिन्न सुविधाहरु दिएको थियो।

३. निजी लगानीकर्ताहरु पत्रकारिता क्षेत्रमा आकर्षित भए। व्यावसायिक पत्रकारिताको प्रकाशन प्रारम्भ पनि भयो। ठूल्ठूला पत्रिकाहरु निस्कन थाले। अफसेट प्रेस भित्रिन थाले पछि स्तरीय पत्रिकाहरु देखिन थाले। पत्रकारिताको क्षेत्रमा एकपछि अर्को आयाम थपिए। आपसमा प्रतिस्पर्धा पनि शुरु भए।

४. त्यसरी धेरै परिवर्तन आए पनि पञ्चायती व्यवस्थामा गरिएको मिशन पत्रकारितामा परिवर्तन आएन। त्यसबेला पञ्चायतको विरोधमा र प्रजातन्त्रको पक्षमा लेखिन्थ्यो भने त्यसपछि पत्रकारहरु कांग्रेस कम्युनिष्टपार्टी लगायतका पक्षमा लागेर लेख्न थाले। त्यसरी कहिलेकाँही लेख्नु ठूलो कुरा होइन तर संस्था नै खोलेर राजनैतिक पार्टीको भ्रातृ संगठनको रुपमा जान थालेपछि स्वतन्त्रपत्रकारिता भन्ने हराउँदै गयो।

५. राजनीतिक पार्टीहरुले पदहरुको भागवण्डा गरेझैं पत्रकारिताको क्षेत्रमा खुलेका संस्थाहरुले पनि आपसमा भागवण्डा गरेका र तिनीहरुको भागवण्डा मिलेपछि नेपाल पत्रकार महासंघ, कास्की शाखाको अधिवेशन नै नगरी कार्यसमिति गठनको घोषणा गरेपछि पोखरामा ठूलो विवाद भयो। त्यही विवादको परिणाम २०६८ सालमा स्वतन्त्र पत्रकार संघको जन्म भएको हो।

६. पत्रकार स्वतन्त्र हुनुपर्दछ र स्वतन्त्रतापूर्वक लेखनु पर्दछ भन्नेमा विवाद छैन। तर कुनै पार्टी विशेषको भ्रातृ संगठनको सदस्य भएर त्यो स्वतन्त्रताको निर्वाह गर्न सकिदैन त, यो यथार्थ हो। यही यथार्थले स्वतन्त्र पत्रकार भएर रहनु त्यत्ति सजिलो छैन। केहीको विचलन पनि भएको छ।

७. तैपनि पत्रकार भएर स्वतन्त्र रहनु एउटा आदर्श हो, सिद्धान्त हो। यो आदर्श र सिद्धान्तमा लाग्दा निश्चय नै राजनीतिक पार्टी र सरकारले दिने गरेका सेवा, सुविधा, तक्मा, पुरस्कार लगायतबाट बञ्चित हुनु पर्ने अवस्था आउन सक्छ। किनभने पार्टी र सरकारले आफ्नो बाहेक अरुलाई देख्दै देख्दैनन्। भागवण्डा गरी देश चलाई रहेकाले योग्यताको ख्याल गदैर्नन्। त्यसकारण स्वतन्त्रपत्रकार हुनु गाह्रो छ। गाह्रो भएता पनि स्वतन्त्र पत्रकार संघ, नेपालको शाखाहरु धमाधम खुल्दै गएकाछन्। पत्रकारिताको आदर्शतिर आकर्षित भईरहेका छन्। यो ठूलो कुरा हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width