१. नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचनाको हक प्रदान गरेको छ । हरेक सार्वजनिक निकायको गतिविधि तथा सेवा बारे थाहा पाउने अधिकार हुन्छ । ती निकायले जनताले मागेको सूचना दिनु पर्दछ । दिन नसकिने अवस्था भएर त्यसको कारण खुलाई लिखित जानकारी गराउनु पर्दछ ।
२. यदि सार्वजनिक निकायले नागरिकलाई सूचना दिन टेर गरेमा उजुरीको व्यवस्था पनि छ । राष्ट्रिय सूचना आयोगमा उजुरी दिन सकिन्छ । आयोगले सम्बन्धित निकायलाई सूचना उपलब्ध गराउन पत्राचार गर्दछ । आयोगलाई पनि अटेर गरेमा आयोगले आवश्यक कानूनी कारवाही अवाडि बढाउँछ ।
३. सूचनाको हक सम्बन्धी ऐन–२०६४ का अनुसार प्रत्येक सार्वजनिक निकायले हरेक तीन÷तीन महिनामा आफ्ना गतिविधीको सूचना व्यवस्थित गर्नुपर्दछ । साथै, प्रत्येक चौमासिकमा सर्वसाधरणलाई जानकारी गराउन सार्वजनिक सुनुवाई गर्नु पर्ने व्यवस्था ऐनमा छ । तर देशमा कतिपय नगरपालिका र गाउँपालिककाले नै सार्वजनिक सुनुवाई गर्र्दैनन् ।
४. पालिकाहरुमा हुने आर्थिक गतिविधिबारे जानकारी पाउने अधिकारबाट जनप्रतिनिधीहरु समेत वञ्चित रहेको सुन्दा उदेश लाग्छ । प्रदेश नं. २ मा गाउँपालिकाको आय–व्यय विवराण् सार्वजनिक गर्न वडाअध्यक्ष, सदस्यहरु समेतले धर्ना बस्नु प¥यो । विभिन्न निकायमा गुहार्दा समेत उनीहरुले सूचना पाउन सकेनन् । सुशासनको अभाव प्रत्यक्ष खड्कियो । त्यसबारे प्रदेश र संघीय सरकार पनि मौन छ ।
५. देशको संविधान ऐन कानून देखाउनको लागि मात्र होइन, पालना गर्नको लागि हो । देशमा शान्ति सुरक्षा सुशासन कायमका लागि हो । नियमको पालना गर्नुपर्ने निकाय नै गैर जिम्मेवार बनिदिँदा जनताले धेरै दुःख झेल्नु पर्ने हुन्छ । नागरिकका अधिकारलाई कागजमा मात्र सीमित बनाउन खोज्ने विरुद्ध नागरिक एकता र सशक्त संघर्षको आवश्यकता खड्किरहकै छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१