सुनको बजार भाउ

सम्पादक
वैशाख १७, २०७०

१.  केही दिनयता सुनको बजारभाउमा आएको उतार चढाव यहाँ चर्चाको विषय भएको छ। साइप्रसले आफूसँग भएको सुन बजारमा बिक्री गर्ने निर्णय गर्नासाथ अन्तर्राष्ट्रिय सुन बजारमा त्यसको प्रभाव पर्‍यो। अन्तर्राष्ट्रिय बजारमा परेको प्रभाव नेपालमा पनि प्रष्ट देखियो। नेपाली बजारमा सुनको भाउ घट्दै तोलाको ५० हजारसम्म भयो।

२.     सुनका व्यापारी र व्यवसायीहरुलाई यस वर्ष यत्ति नराम्ररी प्रभाव पार्‍यो कि उनीहरु पसल खोलेर बस्न पनि डराए । उनीहरु सकेसम्म ग्राहक नआए हुन्थ्यो र सुन बिक्री गर्न नपाए हुन्थ्यो भनेर आत्तिए। त्यसमा पनि फेरि सुनको भाउ केही दिन यता विस्तारै बढ्दै छ। त्यस्तो भएकोले कतिपयले पसल बन्दसमेत गरे।

३.     तर सबैको त्यस्तो गरेनन्। फेरि विवाहको लगन भएकोले उपभोक्ताले सुनको सामान किन्ने बेला पनि त्यही हो। आफ्नो ग्राहकलाई झुक्याउनु भएन भनेर सुनका व्यापारीहरुले आफूसँग भएको सामान बिक्री गरेको पनि देखियो। व्यापार गर्दा नाफा नोक्सान हुन्छ। कहिले नाफा कहिले नोक्सान हुन स्वभाविक मान्नुपर्दछ। त्यसमा पनि यस्तो प्रतिकूलको समय बिरलै आउँछ।

४.     नेपालमा सुनको माग बढ्दो छ। सरकारले दैनिक १५ किलो सुन बजारमा दिने गरेको छ। व्यवसायीहरुको भनाइमा सरकारले बजारमा निकालेको सुनले स्थानीय माग पूरा गर्न सकेको छैन। तर बजारमा के कति माग छ भन्ने कुरा व्यवसायीहरुले भन्न सकेका छैनन्। त्यो जे भए पनि मागअनुसारको आपूर्ति भएको छैन। यो सबैलाई थाहा छ।

५.     विवाहको मौसममा सुनको अत्याधिक खपत हुन्छ। त्यस्तो बेलामा सरकारले बजारको मागअनुसार आपूर्ति बढाउनु पर्दछ। मागअनुसार आपूर्ति भएमा समस्या कम हुन्छ। जहाँ मागअनुसार आपूर्ति हुँदैन, त्यहाँ समस्या हुन्छ। सधैँ समस्या रहँदै आएको अवस्थामा यसपटक अन्तर्राष्ट्रिय समस्या थप भएको छ। त्यसैले यसपटक बजारमा बडा हलचल उत्पन्न भएको हो।

६.     साइप्रसले सुन निकालेको छैन। त्यसले सुन ननिकालेको भाउ क्रमशः माथि गएको हो। उनले सुन निकाले भने के होला भन्ने पनि छन्। फेरि हाम्रो राष्ट्र बैंकलगायत कतिपय देश र संस्थाहरुले यो बेला सुन किन्ने निर्णय गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा माग र आपूर्तिको स्थिति के कस्तो हुने हो, त्यो भन्न गाह्रो छ।

७.    अर्थशास्त्रीहरुको अनुमान पनि गलत भएको अवस्था छ। नेपालबाट सुन तस्करी भएर भारततिर जाने गरेको छ। त्यसले पनि नेपालमा सुनको माग बढेको अनुमान गरिएको छ। बहुमूल्य धातु सुनको तस्करी रोक्नुपर्दछ र सरकारले नेपाली बजारलाई चाहिने मात्रामा सुन निकालिदिनु पर्दछ। ताकि बजारमा आपूर्ति कम भएको कारणले उत्पन्न समस्याको समाधान छिटो होस्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width