सी चिनफिङ भ्रमणको चर्चा

सम्पादक
असाेज २८, २०७६

१. मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपालको राजकीयभ्रमण पूरा गरी स्वदेश फकेर्का छन्। उनी स्वदेश फर्के पनि उनको भ्रमणको महत्व र उपलब्धिका सम्बन्धमा चर्चा परिचर्चा जारी रहेको छ। उनले हाम्रो सरकारले चाहेको र मागेको सहयोग उपलब्ध गराउन थुप्रै सहमतिपत्रमा हस्ताक्षर गराएका छन्। सरकारका लागि यो ठूलो अवसर हो।

२. सहयोगको प्रतिबद्धता दिएर उनले सरकार र पार्टी चलाउनेले स्वच्छता र सुशासनमा जोड दिएका छन्। हुन त यो कुरा धेरैले धेरै पटक भन्दै आएका हुन्। तर अतिथिका रुपमा आएका राष्ट्रपतिले हाम्रो सरकारलाई स्वच्छता र सुशासनमा जोड दिनुपर्ने कुरा जे जसरी भनेका छन्, त्यसले धेरै अर्थ राख्छ।

३. हाम्रो देशको विकास नभएको केही कारणमध्ये नेताहरुको भ्रष्टचरित्र हो र भ्रष्टाचार हो। उनले त्यही भ्रष्टचरित्र र भ्रष्टाचारलाई राम्रो भाषामा स्वच्छता र सुशासन भनेका हुन्। यो कुरा सरकारमा बस्ने र सत्तारुढ पार्टीका नेताहरुले राम्ररी बुझेको हुनुपर्दछ। नबुझेको भए अब बुझ्नु पर्दछ र, अब सरकारको काम कुरामा स्वच्छता र सुशासन देखिनु पर्दछ।

४. चीनले अहिले दु्रततर विकास गरेर शक्ति राष्ट्रका रुपमा आफुलाई विश्व सामु चिनाएको छ। त्यसको नेपालमा मुक्तकण्ठले प्रशंसा भएको छ। त्यसलाई अन्यथा भन्न मिल्दैन। तर यस्तो दुई पक्षीय वार्ता आदिमा हामीले हाम्रो गौरवगाथाका कुरा पनि गर्न सक्नु पर्दथ्यो, त्यो कुरा हाम्रा नेताहरुको अभिव्यक्तिमा देखिएन।

५. राष्ट्रपति सी आफैले आफ्नो नेपाल भ्रमणमा पाँचौ शताब्दीका भिक्षु बुद्धभद्र सम्झे। जसले चीनसम्म गएर बौद्ध शास्त्रको चिनीया भाषामा अनुवाद गरी नेपालको बुद्धधर्म चीनमा फैलाएका थिए। उनले नेपाली राजकुमारी भृकुटी र कलाकार अरनिकोका योगदानको पनि उल्लेख गरे। के ती कुराहरु नेपालको गौरव होइनन्? के त्यो हाम्रो देन होइन?

६. हाम्रा नेताहरुले हाम्रो गौरवका कुरा चिनीयाहरु समक्ष जे जसरी राख्नुपर्ने हो, त्यसरी राखेनन्। उनीहरुले आफ्नो अधिकांश समय चिनीया नेतृत्वको प्रशंसा गर्दै बिताए। हाम्रो पनि केही थियो र केही छ भन्नेतिर उनीहरुको ध्यान नै गएन। यस्तो प्रवृत्तिले हीनताबोधको जन्मदिन्छ। जुन पछि घातक सिद्ध हुन सक्छ।

७. सार्वभौमसत्ता सम्पन्न दुई राष्ट्रबीचको भ्रमण, वार्ता आदिमा समानताको आधारमा व्यवहार गरिनु पर्दछ, हुनुपर्दछ। स्वतन्त्र एवं असंलग्न परराष्ट्रनीति अपनाएको हाम्रो देश यस्तो अवस्थामा बढी सजग र सतर्क हुनुपर्दछ। पञ्चशीलको आधारमा नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएकोले पञ्चशीलको मूल्य, मान्यता र शर्तहरुलाई ख्याल गरेर अघिबढ्नु आवश्यक हुन्छ। साथै राष्ट्रपति सीले भनेझैं स्वच्छता र सुशासनमा पनि उत्तिकै जोड दिनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width