गण्डकीको राजनीतिक घटनाक्रमले एकाएक नयाँ मोड लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अनेकखाले अड्कलबाजी गर्न थालिएको छ । जसरी लुम्बिनीमा शंकर पोखरेलले राजीनामा दिए लगत्तै पुनर्नियुक्ति लिए । प्रदेश प्रमुख अनुकूल भइदिएकाले उनले भनेझंै नै फटाफट काम भयो । विरोध छल्दै सपथ पनि खुवाए । अहिले फेरि विपक्षीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अहिले दर्ता भएको अविश्वास प्रस्ताव कति कानुनसम्मत छ त्यो भने हेर्न बाँकी नै छ । यता, मुख्यमन्त्री गुरुङको राजीनामालाई लुम्बिनीको घटनासँग जोडेर आकलन गर्न थालिएको छ । त्यसैअनुसार प्रतिक्रियाहरु आइरहेका छन् । कामना गरौं गण्डकीका मुख्यमन्त्री त्यति धेरै फोहोरी खेल खेल्दैनन् । उनले पेस गरेको राजीनामा पत्र र त्यसपछि जारी गरेको राजीनामा वक्तव्यमा उल्लेख गरेका विषयवस्तु अनुसार उनी फोहोरी खेलमा सामेल हुँदैनन् भन्ने हाम्रो अनुमान छ । हुन त राजनीति हो जे पनि हुनसक्छ भनिन्छ ।
यो महाविपत्तीमा एकजुट भएर अगाडि बढ्नका लागि सहमति खोजेर त्यही अनुसार केन्द्रदेखि सर्वदलीय सरकार निर्माण गरौं । पछि चुनावी मैदानमा एक्ला एक्लै भिड्नु त छँदै छ ।
त्यसो त वैशाख १५ मा जनमोर्चाका सांसद खीमविक्रम शाही एकाएक हराउनुलाई पनि सरकारकै चालबाजीका रुपमा हेरिएको छ । यसमा खीमविक्रम आफैंले खुलेर केही बोल्न चाहेका छैनन् । उनको बिरामी प्रकरण नै विवादित छ । यद्यपि उनले आफूलाई विपक्षीहरुले बदनाम गराएको र त्यति हुँदा हुँदै पनि अविश्वास प्रस्तावकै पक्षमा मत हाल्ने बताउँदै आएका छन् । अविश्वास प्रस्तावको औचित्य त सकियो नै । मात्रै जनमोर्चाका ३ सांसद कतातिर ढल्किन्छन् त्यतैतिरको तुलो भारी हुन्छ, उसैले सरकार निर्माण गर्छ । निर्णय फेरि जनमोर्चाकै भरमा छ । अनि एमालेका केन्द्रका नेताहरुको पोखरामा बढेको सलबल्याहटबाट केही आशंका भने उब्जेकै छन् ।
केही स्वार्थका लागि चुनावी तालमेल गरेका २ कम्युनिस्ट घटकका कारण अहिले मुलुक समस्यामा छ । अहिलेका घटना परिघटनाको दोष पहिला जुटेका र अहिले फुटेका २ कम्युनिस्ट पार्टीलाई नै जान्छ । तर अहिले राजनीतिक घटनाक्रममा रुमलिएर बस्ने बेला छैन । कोरोनाले धमाधम मान्छे मरिरहेका छन् । अस्पतालमा बेड छैन । बेड पाए पनि अक्सिजन छैन । सडकमा एम्बुलेन्सका साइरन बजिरहेका छन् । बिरामी बोक्नुपर्ने एम्बुलेन्स अहिले शव बोक्न व्यस्त छन् । यस्तो अवस्थामा विकसित भएको राजनीतिक घटनाक्रम किन र कसका लागि ? जनताले दलहरुलाई बारम्बार यो प्रश्न गरिरहेका छन् । जब मुलुकमा संकट आइलाग्छ राजनीतिक दलहरु मिलेर अगाडि बढेका घटनाहरु छन् । ७२ सालको महाभूकम्पपछि दलहरु मिलेकै कारण संविधान जारी हुन सकेको हो । अहिले पनि ढिला भएको छैन । एकले अर्कालाई विश्वास नगर्ने प्रवृत्ति त्यागेर जुँगाको लडाइँ रोकौं । यो महाविपत्तीमा एकजुट भएर अगाडि बढ्नका लागि सहमति खोजेर त्यही अनुसार केन्द्रदेखि सर्वदलीय सरकार निर्माण गरौं । पछि चुनावी मैदानमा एक्ला एक्लै भिड्नु त छँदै छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको काहुँडाँडामा भीषण आगलागी
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
चैत्र ५, २०८०मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
चैत्र ५, २०८०दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चैत्र ५, २०८०चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
चैत्र ५, २०८०सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
चैत्र ५, २०८०