सहमतिको खोजी सकारात्मक

सम्पादक
फागुन २, २०६९

१. राष्ट्रपति डा. रामवरण यादवले चुनावी सरकारका लागि केही दिन यता सघन प्रयास गरिहेकाले राजनीतिमा आशाको किरण देखा परेको छ। राष्ट्रपति डा. यादवले ठूला पार्टीका नेताहरूलाई दिनदिनै आफ्नो निवासमा बोलाएर बैठक गराइरहेका छन्। उनको निरन्तरको प्रयासस्वरूप नेताहरू प्रधानमन्त्री छान्ने काममा सहमति नजिक पुग्न लागेको आभास भएको छ।

२.     राष्ट्रपतिको यो प्रयासले गर्दा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आफूबाहेक अरु वैधानिक प्रधानमन्त्री हुनै सक्दैन भन्ने दाबी सेलाएर गएको छ। कुनै बेला डा. भट्टराई र उनका पक्षधरहरूले प्रधानमन्त्रीको पदावधि समाप्त गरिए राष्ट्रपति डा. यादवको पदावधि पनि समाप्त हुनेछ समेत भनेर धम्कीको शब्दोच्चारण गरेका थिए।

३.     त्यसका साथै एकीकृत माओवादीका शीर्ष नेताहरूले आगामी २०/२५ वर्ष डा. भट्टराईको सरकार निरन्तर रहने दाबी पनि गरेका थिए। उनीहरूको त्यही दाबीले गर्दा विपक्षी पार्टीरूले भट्टराई सरकारलाई सत्तावादी सरकारसमेत भनेका छन्। डा. भट्टराईले पनि आफ्नो पार्टीो महाधिवेशनमा आफूलाई २०/२५ वर्ष सरकार सञ्चालन गर्ने म्याण्डेट मागेका थिए।

४. राष्ट्रपति डा. यादवको यो निरन्तरको प्रयासले गर्दा विकल्प दिने भन्दै बिहान बेलुकी सधैँ कुरा फेर्ने आरोप लागेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटै कुरा लिएर बस्नुपरेका छन् भने उता विपक्षी नेपाली काङ्ग्रेस र एमालेले पनि काङ्ग्रेस सभापति सुशील कोइालाको अडान छाडेर विकल्प दिन बाध्य भएका छन्। त्यसो हुँदा उनीहरू प्रधानमन्त्री छान्ने काममा नजिक पुगेको देखिएको छ।

५. ठूला दलका नेताहरूले राष्ट्रपति डा. यादवसमक्ष दुर्इ कुरामा आफ्नो बचनबद्धता व्यक्त गरेका छन्। उनीहरूले संविधानसभाको चुनाव आगामी जेठ १५ गतेसम्ममा गर्ने र त्यो चुनावका लागि सहमतीय सरकार गठन गर्ने। अहिलेको बैठक त्यही सहमतीय सरकारका लागि भइरहेको छ। सहमतीय सरकार गठन नगरी चुनाव जेठमा सम्भव छैन।

६.     त्यसैको प्रयासमा राष्ट्रपति डा. यादव लागिपरेका छन्। नेताहरूले केही नाम प्रस्ताव गरिसकेका छन्। प्रस्तावित नामहरूका सम्बन्धमा उनीहरूले आपसमा विचारविमर्श गरिरहेका छन्। त्यसरी प्रस्तावित नाममध्ये सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी पनि एक हुन्। तर उनको विरुद्धमा बार एशोसिएसनका केही वकिलहरू लागेका छन्।

७.     कानुनीविद्हरूले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनायो भने लोकतन्त्रको अन्त्य हुन्छ भन्दै माओवादीको प्रस्तावको कडा प्रतिवाद गरेका छन्। कतिपयले उनलाई प्रधानन्यायाधीशबाट राजीनामा दिन लगाएर प्रधानमन्त्री बनाउन सकिने बताएका छन्। बैठकको गतिविधि हेर्दा सहमतिको विन्दु नजिकै आएको आभास भएको छ। कसैले कुरा नफेरे सहमति छिट्टै हुनेछ। राष्ट्रपतिको प्रयास सकारात्मक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width