सस्तो बजारको व्यवस्था गर

सम्पादक
भाद्र ३०, २०७६

१. नेपालीहरुको महान पर्व बडादशैं नेपालीहरुको घरदैलोमा आइपुगेको छ। दशैं आएको जनाउने सोह्र श्राद्ध शुरु भएको छ। पुरेतहरु व्यस्त भएका छन्। सर्व साधारण मानिसहरु दशैं कसरी मान्ने र दशैंका लागि चाहिने सर–सामानहरु के कसरी जोहो गर्ने भन्ने सम्बन्धमा पारिवारिक सरसल्लाहमा जुट्न थालेका छन्।

२. उता व्यापारीहरुले ग्राहकलाई आकर्षण गर्न आफ्नो सामानमा छुट र विशेष छुटको प्रचार गर्न शुरु गरेका छन्। व्यापारीहरुले मात्र होइन केन्द्रमा, केन्द्रीय सरकारले पनि काठमाडौंमा दैनिक उपभोग्य सामानहरु केही छुटमा बिक्री गर्न/गराउन सस्तो पसलहरुको व्यवस्था गर्दैछ।

३. सीमित संख्यामा खोलिने त्यस्ता पसलहरु पर्याप्त होलान् नहोलान् त्यो आफ्नो ठाउँमा छ। तर दशैंको उपलक्ष्यमा सरकारले केही गर्यो भन्ने त पर्यो। त्यस्तो पसलले निश्चय नै सीमित आय भएका निम्न एवं निम्न मध्यम वर्गका मानिसहरुलाई फाइदा नै गर्दछ।

४. केन्द्रमा पहिलेदेखि नै सरकारले त्यस्तो व्यवस्था गदैर्छ। अहिले प्रदेश सरकार र स्थानीय सरकार भएको हुँदा केन्द्रले केन्द्रको दृष्टि राजधानी बाहिर फैलाउन शायद आवश्यक सम्झेन। त्यसैले संघीय सरकार राजधानीमा नै सीमित भएको हो कि जस्तो देखिन्छ।

५. केन्द्रको त्यस्तो दृष्टिकोण देखियो तर प्रदेश एवं स्थानीय सरकारले त्यस्तो सस्तो पसल खोल्नेतिर ध्यान नदिँदा प्रदेश र स्थानीय तहका जनता मारमा पर्ने भएका छन्। के उनीहरुले सस्तो खान नपाउने? खै उनीहरुका लागि सरकारले मासुको व्यवस्था गरेको?

६. हिजोदेखि नै एउटा परम्परा थियो कि राजधानीका जनताका लागि विशेष ग्राह्यता दिएर यस्तो व्यवस्था बराबर गर्ने चलन थियो। आज एउटा राजधानी बढेर सातओटा राजधानी भएका छन् र कमसेकम सात ठाउँका जनताले आफ्नो राजधानी भन्न पाएका छन्। राजधानी बासी त भन्न पाएका छन तर काठमाडौं बासीले पाएको जस्तो केही सुविधा भने पाएका छैनन्।

७. दशैं तिहारका लागि सस्तो बजारको व्यवस्था गर्न भनेर हामीले गएको वर्ष पनि भनेका थियौं। त्यसबेला भर्खर सरकार गठन भएकोले हामीले त्यत्ति जोड पनि गरेनौँ। अब त त्यो अवस्था छैन। त्यसकारण कमसेकम सीमित आय भएका उपभोक्ताहरुको हितका लागि भएपनि सरकारले केही गर्नै पर्दछ। त्यसो गर्न गाह्रो पनि छैन। सरकारले चाहेमा २/४ दिनमा गर्न सक्ने काम हो। हामी सरकारको ध्यान यतातिर आकर्षित गर्न चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width