सरकारको शिक्षा निर्देशिका

सम्पादक
फागुन ३०, २०६९

१.     लामो विचार विमर्शपश्चात् शिक्षा मन्त्रालयले हालै जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६८ विवादमा परेको छ। निजी विद्यालयका सञ्चालकहरूले सरकारी निर्देशिका नमान्ने धम्की दिएका छन्। सञ्चालकहरूले आफूले प्याब्सनमार्फत दिएको ३९ बुँदे सुझावको बेवास्ता गरेको गुनासो गरेका छन्।

२. निर्देशिकामा एउटा कक्षामा कम्तीमा २२ जना, माध्यमिक तह सञ्चालन भएका विद्यालयमा कम्तीमा दुर्इ सय बीस जना, निम्न माध्यमिक तह भएकामा एक सय दश जना विद्यार्थी हुनुपर्ने प्रावधान राखिएको छ। निर्देशिकाले न्यूनतम विद्यार्थी सङ्ख्या नहुने विद्यालय मर्ज गर्न वा बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

३. निर्देशिकामा ड्रेसकोडको मापदण्ड, पाठ्यपुस्तक अनुसार विद्यार्थीको झोलाको तौल, कक्षा कोठाको क्षेत्रफल, एक विद्यार्थी बराबर कम्तीमा एक दशमलव दुर्इ वर्ग फिट र एउटा कक्षामा कम्तीमा दुइटा ढोका हुनुपर्ने मापदण्ड तय गरिएको छ। अङ्ग्रेजी नाम भएका विद्यालयले ६ महिनाभित्र नाम फेर्र्नुपर्ने पनि जनाएको छ।

४. तर व्यवस्थापनको नाममा नियन्त्रण गर्नु, उनीहरूको सुझावको कार्यान्वयन नगर्नु तथा विद्यालयमा घुमाउरो किसिमले राजनीति घुसाउन खोज्नुलाई भने राम्रो भन्न सकिन्न। निजी क्षेत्रको पढाइ स्तरीय भएको त्यसमा राजनीतिक गतिविधि खुल्लम खुल्ला नभएकोले हो। यो कुरालाई महसुस गर्नुपर्दछ।

५. निजी विद्यालयले आफूखुसी उठाउने गरेको शुल्क, तिनीहरूले आफ्ना शिक्षक र कर्मचारीहरूलाई दिने गरेको पारिश्रमिक तलव आदिका सम्बन्धमा बराबर चर्चा हुने गरेको छ।त्यस सम्बन्धमा कहिलेकाहीँ बन्द र हडताल समेत भएका छन्। तीन सबै कुरालाई व्यवस्थापन गर्नका लागि भनेर ल्याइएको निर्देशिकालाई नराम्रो भन्न मिल्दैन।

६. तर हाम्रो देशमा कतिपयले निजी विद्यालयलाई राम्रो दृष्टिले हेरेका छैनन्। कतिपयले निजी विद्यालय बन्द गर्नुपर्ने आवाज पनि उठाउने गरेका छन्। निजी विद्यालयको योगदानको स्मरण पनि गर्नुपर्दछ। एकतर्फी किसिमले मात्र सोचेर हुँदैन। निजी विद्यालय एक आवश्यकता हो। निजी विद्यालय र सार्वजनिक विद्यालयको पढाइको स्तर फरक भएको गुनासो धेरै छ। समानताको नारा पनि यहाँ उठ्ने गरेको छ। समानताको नाममा स्तर घटाउने होइन, बढाउने प्रयास गर्नुपर्दछ। सार्वजनिक विद्यालयको पढाइको स्तर बढाउनु आवश्यक छ। यसमा सरकारले ध्यान पुर्‍याउनुपर्दछ।

७.     निजी विद्यालयहरूलाई व्यवस्थित गर्ने नाममा सरकारले यो निर्देशिका जारी गरेको छ। व्यवस्थित गर्नु नराम्रो होइन। तर व्यवस्थितको नाममा नियन्त्रण गर्नु भने हुँदैन। नियमहरू व्यवहारिक पनि हुनुपर्दछ। सम्बन्धित पक्षले कार्यान्वयन गर्न सक्ने हुनुपर्दछ। निर्देशिकामा केही बुँदाहरू अव्यवहारिक पनि छन्। त्यसलाई सुधार्नुपर्दछ। मुख्य कुरा नियन्त्रण र व्यवस्थित गर्ने नाममा राजनीति घुसाउनु हुँदैन। यसमा सचेत र सजग हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width