सम्पादक बास्तोलाप्रति श्रद्धाञ्जली

सम्पादक
जेठ १६, २०७९

आज हामी वरिष्ठ पत्रकार एवं हाम्रो आदर्श समाज राष्ट्रिय दैनिकका तत्कालीन सम्पादक यज्ञप्रसाद बास्तोलाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा भावविभोर भएर उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न प्रस्तुत भएका छौं । उनले सम्पादकको नाताले भएको स्तर वृद्धि गरी यसको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान गरेका थिए । उनले एक सहकर्मीका रुपमा हामीमाथि अभिभावकत्व प्रदान गरी सल्लाह सुझाव दिने गरेका थिए । जुन कुरा हामीलाई अविस्मरणीय रहेको छ । उनले पोखराबाट प्रकाशित माइक्रोन्युज दैनिकमा पनि सम्पादक भएर काम थिए । उनले पत्र–पत्रिकामा समसामयिक लेख रचनाहरु लेख्ने गर्दथे । उनले लामो समय माछापुच्छ्रे एफएम र हिमचुली एफएममा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए ।

उनले अरुले लेखेका किताबहरुको पनि सम्पादन गर्ने र भूमिका लेख्ने गर्दथे । किताबको समीक्षा गर्ने काममा पनि धेरैले उनलाई आग्रह गर्दथे । उनले सटिक किसिमले भूमिका लेख्ने र समीक्षा गर्ने गर्दथे । जसलाई सबैले मन पराउँथे । यस क्षेत्रमा उनी चर्चित र प्रशंसित थिए । उनी अध्ययनशील स्वभावका बौद्धिक व्यक्तित्व थिए । सबै विषयक ज्ञाता थिए । उनी तर्क र प्रमाण पेस गरी कुरा गर्दथे । मानिसअनुसारको कुरा गर्नमा पनि उनी निपूण थिए । उनी जुन स्तरका मानिस आउँछन्, सोहीस्तरका कुरा गर्दथे । जसले गर्दा उनी के–कति जानकार थिए, सिपालु थिए भन्ने कुरा जसले पायो उसले भेउ पाउन सक्दैनथ्यो । त्यस्तो बौद्धिक व्यक्तित्व भएर पनि उनले कहिल्यै ज्ञानको घमण्ड गरेनन् । सादा जीवन उच्च विचारको सिद्धान्तमा उनले जीवनयापन गरेका थिए ।

उनले सबै धर्मको अध्ययन गरे । ती धर्मभित्रको रहस्य पत्ता लगाउन पनि खोजे । त्यस क्रममा उनी आनन्द मार्गमा पुगे । आनन्द मार्गको अध्ययन गरेपछि उनी त्यसैमा आउँछ । अर्थात् आनन्द मार्गलाई अपनाए । उनी यज्ञ प्रभारजी भए । उनी आनन्द मार्ग प्रचार संघमा आबद्ध भए । त्यस मार्गको पोखरा शाखाका अध्यक्ष भए, केन्द्रीय सदस्य पनि भए । उनी नेपालमा त्यस संस्थाको एक खम्बा भएर रहे । उनी सात्विक भोजन ग्रहण गर्दथे र बिहान सबेरै ध्यान साधना गर्दथे । सुरुमा उनी शिक्षण पेसामा थिए । उनले नवलपरासीको विभिन्न विद्यालयमा पढाए । प्रधानाध्यापक पनि बने । शिक्षकको हकहितको लागि भएको आन्दोलनमा लागे । २००८ सालमा पोखरा १९ मा जन्मेका उनी सानैदेखि नम्र, मिजासिला थिए । सबैसँग मैत्रीभाव राख्ने र सहयोगी भावनाका थिए । सामाजिक अभियन्ताका रुपमा पनि काम गरे । धेरै अनुभव हासिल गरे । जुन क्षेत्रमा उनले काम गरे, त्यहाँ केही न केही काम गरे योगदान दिए । यस्तो व्यक्तिको २०७८ साल जेठ २६ गते कोरोना महामारीको कारण देहावसान भयो । यो हामी सबैका लागि अपूरणीय क्षति हो । हामी उनको निधनमा गहिरो दुख व्यक्त गरी श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width