समाजसेवी लिगलको निधन

सम्पादक
चैत्र ५, २०६९

१. पाल्पा तानसेनका ख्यात्रि्राप्त समाजसेवी भुयुमान लिगलको गत शुक्रबार प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा निधन भयो। उनी ९२ वर्षका थिए। केही समयदेखि उनी निमोनियालगायत विभिन्न रोगबाट पीडित थिए। एक महिना पहिलेदेखि आइसीयूमा राखी उनको उपचार भइरहेको थियो। उनका पाँच छोरा र दुर्इ छोरी छन्।

२. तानसेनमा भुयुमान लिगलको आफ्नो छुट्टै पहिचान थियो। समाजसेवा भनेपछि उनी हुरुक्क भएर लाग्दथे। वृद्ध उमेरमा पनि उनी समाजसेवाका नयाँ-नयाँ काम गर्दथे। साना बालकदेखि वृद्धवृद्धा सबैले उनलाई समाजसेवी र विकासवादी भनेर चिन्दथे र सबैले उनलाई तदानुसार आदर र सम्मान गर्दथे।

३.     तानसेनमा खुलेका र भएका सबै सङ्घसंस्थामा सम्बद्ध थिए। कतिपय सङ्घसंस्था उनकै सक्रियतामा स्थापित भएका थिए। त्यसको साथै त्यहाँका शैक्षिक संस्थाहरूको संस्थापक, व्यवस्थापन समितिका पदाधिकारी र सदस्य भएर उनले सेवा गरेका थिए। ती संस्थाहरूले पनि उनलाई सम्मान र कदरपत्र दिएर उनको योगदानको प्रशंसा गरेका थिए।

४. उनी वृद्ध भएर पनि नयाँ-नयाँ विचार ल्याउँथे। र त्यो विचारको प्रचारका लागि भित्तामा लेख्ने गर्दथे। उनले मन्दिरमा दिने गरिएको बली प्रथाको विरोध गरे। माओवादीले ध्वस्त गरेको त्यहाँको दरबार पुनः निर्माणका लागि पनि उनले त्यस्तै अभियान सञ्चालन गरे, उनले बिजुली, पानी र सडकको लागि पनि त्यस्तै गरी प्रयास गरेका थिए।

५. कर्मकाण्डका उनी विरोधी थिए। उनले आफू मर्दा लाग्ने अनिुमानित किरिया खर्च ५०,५००/- रुपैयाँ सहारा वृद्ध आश्रमको लागि सहयोग गरेका थिए। उनले गरिब र जेहन्दार विद्यार्थीहरू पढाइबाट वञ्चित नहून् भनेर तानसेनका सबै विद्यालयमा छात्रवृत्तिको व्यवस्था गरेका थिए। त्यस्तै आँखा अस्पताललगायतका ठाउँमा पनि उनले अक्षयकोष राखेका थिए।

६.     तानसेनको लायन्स धर्मशाला पनि उनकै नेतृत्वमा निर्माण भएको थियो। उनले श्रीनगर डाँडाको शोभा र त्यहाँका जनावर र चराचुरुङ्गीका लागि पानीको आवश्यक भएको महसुस गरी श्रीनगरमा पोखरी निर्माण गराएका छन्। उनले पारिलेकेय वनको व्यवस्था गरी बुद्धको मूर्ति समेत स्थापना गरेका छन्। जसले गर्दा श्रीनगर डाँडाको महत्त्व अरु बढ्न गएको छ।

७. २०३६ सालमा जनमत सङ्ग्रहको बेला महामानव बीपी कोइरालालले तानसेनमा आई विशाल आमसभालाई सम्बोधन गरेको स्थानलाई बजार नामाकरण गरी त्यहाँको चोकलाई बीपी चोक र जन्मस्तम्भ निर्माण गराएका थिए। यस्ता रचनात्मक काममा उनी सधैँ अग्रसर हुन्थे। कतिपयले यस्तो व्यक्ति काठमाडौं, बुटवलतिर भए कति काम र प्रभाव हुन्थ्यो भनी उनलाई ठूलो ठाउँमा लैजान पनि खोजेका थिए। तर उनले ठूलो ठाउँमा सरकार र अरुले गर्छन् भनी तानसेन छोड्न मानेनन्। त्यस्तो व्यक्तिको निधन हुनु समाजसेवाको क्षेत्रमा ठूलो क्षति हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width