सगरमाथा आरोहणको ६० वर्ष

सम्पादक
जेठ १६, २०७०

१. विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ६० वर्ष पुगेको उपलक्ष्यमा विभिन्न कार्यक्रम राखी हीरक महोत्सव गरिँदैछ। सन् १९५३ मे २९ का दिन तेञ्जिङ शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरो चुम्न सफल भएका थिए। उनीहरूले सफलतासाथ आरोहण गरेको उपलक्ष्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मान्ने गरिएको छ।

२. तेञ्जिङ शेर्पा र एडमण्ड हिलारीले चढेपछि विश्वभरि नेपाल पर्वतारोहणको गन्तव्यको रूपमा चर्चित भयो। उनीहरूपछि स्वीजरल्याण्डका पर्वतारोहीले दोस्रो पटक र चिनियाँ पर्वतारोहीले तेस्रो पटक सगरमाथाको सफल आरोह गरेका थिए। सगरमाथा चढ्नु निश्चय नै जोखिमपूर्ण चुनौतीको कार्य हो। आरोहणका क्रममा धेरैले ज्यान गुमाएका छन्। तैपनि त्यसप्रतिको आकर्षण घटेको छैन।

३.     यो पटक नेपालीका लागि खुशीको कुरा हो कि सगरमाथाको अवस्थितिले गर्दा विश्वमा नेपालको पहिचान भएको छ। नेपालको प्रतिष्ठा बढेको छ। विश्वमा उच्च गनिएका १४ वटा हिमशिखरमध्ये ८ वटा नेपालमा छन्। त्यसै भएर पनि आरोहणका लागि नेपाल एक राम्रो गन्तव्य भएको छ र प्रत्येक वर्ष धेरै पर्यटक यहाँ आउने गरेका छन्।

४. पर्वतारोहीको सङ्ख्या प्रत्येक वर्ष बढ्दैछ। अनुकूल मौसममा एकसाथ धेरैले सफल आरोहण गरेका छन्। त्यस्तो बेलामा बाटोमा खूब हुल हुने पनि बताउँछन्। अहिले सगरमाथा चढ्ने मात्र होइन, त्यहाँ चढेर केही न केही रिर्कर्ड राख्ने प्रवृत्ति केही वर्षदेखि बढ्दै गएको छ। धेरैले धेरै विषयमा रिर्कर्ड राखेका पनि छन्।

५. पुरूषले मात्र चढ्ने गरेको सगरमाथामा पहिलो पटक नारी वर्ष सन् १९७५ मा जापानका जुन्को तावेर्इले सफल आरोहण गरिन् भने भारतीय पर्वतारोही अरूणिमा सिन्हाले कृत्रिम खुट्टाको भरमा २०७० मा शिखर पुगेकी थिइन्। यही वर्ष दुवै हात नभएका नेपाली पर्वतारोही सुदर्शन गौतमले पनि भर्खरै शिखरमा पुगेर कीर्ति राखेका छन्।

६. नेपालका मीनबहादुर शेरचनले ७२ वर्षको उमेरमा सगरमाथा चढेका थिए भने भर्खरै जापानीज ८० वषीय योचुरो म्युराले उनको कीर्ति तोडेका छन्। नेपाली मूलकी योनी मुलेपतिले २०६२ मा शिखरमा पुगेर सहयात्री पेमा दोर्जेसँग त्यहीँ विवाह गरी कीर्ति राखेका छन्। शेर्पाहरू बिनाअक्सिजन त्यहाँ पुग्ने, धेरै घण्टा शिखरमा बिताउने र धेरै पटक पुग्ने गरेका छन्। उनीहरूले आफ्नो रिर्कर्ड आफै तोड्दै नयाँ कीर्ति कायम गर्ने गरेका छन्।

७. पत्रकारहरू पनि सगरमाथाको शिखरमा पुगेका छन्। नर्वेका पत्रकार एशिम स्टाइन सन् १९७५ मा शिखरमा पुगेका थिए भने कान्तिपुर राष्ट्रिय दैनिकका आङछिरिङ शेर्पाले पनि नेपाली पत्रकारको प्रतिष्ठा बढाएका छन्। तर अब सगरमाथा चढ्न आउँछन् भनेर मात्र भएन, उनीहरूले त्यहाँ थुपार्ने फोहोरतिर पनि ध्यान दिनुपर्ने भएको छ। फोहोर सोहर्नु र त्यसलाई अन्त लैजानु पनि एक समस्या भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width