संस्कृत उच्च शिक्षाको उन्नयनमा गोष्ठी महत्वपूर्ण

सम्पादक
वैशाख २७, २०८०

हाम्रो समाजमा संस्कृत भाषाको पठनपाठनका सम्बन्धमा विरलै चर्चा हुने गर्दछ । यसबारे त्यत्ति चर्चा नगरिने भएकाले यसमा सुधार पनि त्यत्ति हुँदैन भन्ने गुनासो गर्ने गरिएको छ । त्यस्ते गुनासो भएको बेलामा पोखरामा एउटा महत्वपूर्ण गोष्ठी भएको छ । संस्कृत उच्च शिक्षाको चुनौतीबारे समीक्षात्मक गोष्ठी नाममा भएको गोष्ठीलाई सम्बद्ध पक्षले महत्वका साथ हेरिएको छ । विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन इकाइ पोखराको आयोजना तथा विश्वविद्यालय अनुसन्धान अयोग सानोठिमीको सहयोगमा भएको गोष्ठीमा संस्कृत शिक्षा विद्वानहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठीको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकलपति डा. जगमान गुरुङले गरेका थिए । आफ्नो उद्घाटन भाषणमा डा. गुरुङले संस्कृत वाङ्मयको वैज्ञानिक अध्ययनले मात्र यसको महत्व बुझ्न र बुझाउन सकिने बताए ।

२ दिनसम्म सञ्चालित त्यस गोष्ठीमा प्रस्तुत विषयमा विशद् छलफल भएको थियो । गोष्ठीको पलिो दिन सहप्राध्यापक गुरुप्रसाद सुवेदीले संस्कृत उच्च शिक्षामा समसायिक चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारले संस्कृत शिक्षाका लागि पर्याप्त लगानी नगरिएको कारण यसलाई व्यवस्थित गर्न नसकिएको जनाए । दोस्रो दिन सहप्राध्यापक शान्तिकृष्ण अधिकारीले संस्कृतका शास्त्रीय विधालाई बचाउन संस्कृत विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । कार्यपत्रको टिप्पणी विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराका प्राचार्य डा. जगन्नाथ रेग्मीले गरेका थिए । गोष्ठीको अध्यक्षता अनुसन्धान व्यवस्थापन इकाइका संयोजक सहप्राध्यापक आनन्दमणि रिजालले गरेका थिए । आयोजकका अनुसार गोष्ठीमा संस्कृत वाङ्मयप्रेमी १ सय २५ भन्दा बढीको सहभागिता थियो ।

संस्कृत विश्वको नै सबभन्दा पुरानो भाषा मानिन्छ । संस्कृतका विद्वानहरुले यसलाई देवभाषा भनेर छुट्टै दर्जा दिने पनि गर्दछन् । तर पहिलेदेखि चलिआएको संस्कार, संस्कृति र परम्पराको निर्वाहको लागि संस्कृतका पण्डितको आवश्यकता पनि उत्तिकै छ । केही विद्यापीठ र आश्रमहरुले संस्कृतको पठनपाठन गर्ने गरेका छन् । त्यसबाट जनशक्तिबाट यजानजहरुमको घर र समाजमा आवश्यक कर्मकाण्ड सहजकर्ताको भूमिका निर्वाह हुने गरेको छ । मन्दिरलाई आवश्यक पर्ने पूजारीको आवश्यकता पनि यिनीहरूबाट पूर्ति हुने गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width