संविधान संशोधन माग

सम्पादक
जेठ २३, २०७७

१. सरकारले नेपालको नक्सा अनुसार निशान छापमा रहेको नक्सा सच्याउन संविधान संशोधन विधेयक दर्ता गरेकोमा सो विधेयक संशोधनको प्रकृयामा गईसकेको छ । संशोधन विधि अनुसार सार्वजनिक सूचना प्रकाशित भइ सकेको छ । उक्त संशोधन प्रस्ताव छलफलका लागि संसदमा पेश हुँदै छ । संसदको बहुमतबाट पारित भएपछि राष्ट्रिय सभामा पेश हुने छ र उक्त सभाबाट पारित भएपछि कार्यान्वयनमा जानेछ ।

२. यसैवीच राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । देशमा संघीयताको चर्चा चलेदेखि नै नेपालमा संघीयता फाप्दैन भन्दै जनमोर्चाले विरोध गर्दै आएको हो । अहिले देशमा विकास नहुनुको प्रमुख कारण पनि संघीयता भएको उल्लेख गर्दै सो पार्टीले देशमा संघीयता धान्न नसक्ने जनाउँदै केन्द्रीय र स्थानीय तह कायम हुनेगरी संविधान संशोधन विधेयक दर्ता गराएको छ ।

३. समाजवादी र राजपाले पनि आफ्ना मागहरु सम्बोधन हुनुपर्ने माग गर्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गरेका छन् । यसैगरी नेपाली कांग्रेसका ८ जना सांसदले पार्टी निर्णय विना अलग्गै रुपमा संशोधन विधयेक दर्ता गराएका छन् । मधेशका मुद्दाहरुलाई संवोधन गर्न माग गर्दै उक्त विधेयक पेश गरिएको जनाइएको छ ।

४. सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले भने समाजवादी, राजपा र नेपाली कांग्रेसले संविधान संशोधन विधेयक छुट्टाछुट्टै दर्ता गराएकोमा असन्तुष्टी जनाएको छ । मधेशको मुद्दा साझा भएको र सबै मिलेर प्याकेजमै लैजानुपर्ने भन्दै उसले ती पार्टीहरुले अलग्गै जस लिन खोजेकोमा असन्तुष्ट भएको बुझिएको छ । तर अहिले राजनीतिक मुद्दाहरु संसदमा टेवुल हुने सम्भावना नरहेको नेकपाका नेताहरुको दावी छ ।

५. देश र जनताको आवश्यकता अनुसार संविधान संशोधन हुन्छ, गर्नुपर्दछ । तर कुनै पार्टीको नीहित स्वार्थपूर्तिका लागि मात्र संशोधन संविधान गरिनु हुदैन । आएका महत्वपूर्ण विषयलाई संसदमा मात्र होइन, सार्वजनिक रुपमा पनि छलफलमा ल्याई निर्णयमा जानु हितकर हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width