संविधान संशोधन

सम्पादक
जेठ २९, २०७७

१. नेपालको संविधान (दोश्रो संशोधन) विधेयक–२०७७ स्वीकृत भएको छ । प्रतिनिधिसभाको मंगलबारको वैठकले संशोधनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । संसदमा छलफलपछि सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले प्रस्तावको समर्थन गरेका छन् ।

२. सरकारले जेठ ७ गते नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गरेको थियो । सो अनुसार निशान छाप बनाउन संविधान संशोधन प्रस्ताव पेश गरेको हो । उक्त प्रस्तावको सर्वसम्मत स्वीकृतिसँगै नयाँ नक्सा पनि समेटिएको छ । यसबाट नेपालको आफ्नो भूमिप्रति दृढ अठोट कायम भएको छ र सर्वसम्मतिले राष्ट्रिय एकताको सन्देशलाई गुञ्जायमान बनाएको छ ।

३. सुगौली सन्धी अनुसार महाकाली नदी पूर्वको जमिन नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालमै पर्दछन् । सन १९६२ मा भारतले चीतको आक्रमणबाट आफ्नो भूमि जोगाउन भनि नेपालका १७ स्थानमा सेना ल्याएर राखेकोमा अन्य सैनिक पोष्ठ हटाए पनि कालापानीमा दुई पोष्ट अझै रहेका छन् । ती पोष्ट हटाउन भारतले आनाकानी गरिरहेको छ ।

४. सन् २०१५ मा चीन र भारतले नेपालको अनुमति विना नै कालापानी, लिपुभञ्ज्याङ हुँदै चीनको मान सरोवर जोड्ने गरी मार्ग बनाउन सहमति गरेका थिए । यसैगरी भारतले गत कात्र्तिकमा नेपालको लिपुलेक, कालापानी सहितको क्षेत्र राखेर राजनीतिक नक्सा सार्वजनिक गर्नका साथै वैशाखमा मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो । भारतका ती सबै कार्यप्रति नेपालले तत्काल कुटनीतिक नोट पठाउनुका साथै आपत्ति जनाइसकेको छ ।

५. महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा भएको र त्यहाँ सम्मको जमिन नेपालको भएको यथेष्ट प्रमाणहरु छन् । यिनै आधारलाई लिएर नेपालले स्पष्ट अडान राख्न सक्दछ । नेपालको नक्सा अब कागजमा मात्र सीमित नराखी व्यवाहार मै ल्याउन यथोचित कदम चालिहाल्न जरुरी छ । भारतले पनि कालापानीबाट आफ्नो पोष्ट हटाएर नेपालप्रति सदासयता देखाउन ढिला नगरोस् हाम्रो सुझाव हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width