संवादहीनतामा कांग्रेस

सम्पादक
पौष १४, २०७६

१. भागबण्डाको राजनीतिले देश बिगार्यो भनेर चिन्ता व्याप्त भएको वेलामा पनि राजनीतिक नेताहरु भागवण्डा गर्नमा नै व्यस्त छन्। भागवण्डा गरिएन भने आफ्नो अस्तित्व नै समाप्त हुन्छ कि भनेर तिनीहरु त्यसैमा मरिहत्ते गरिरहेका छन्। यो चालाले तिनीहरु जनस्तरबाट के कति टाढा छन् भन्ने बुझ्न सकिन्छ।

२. भागवण्डा नमिलेकाले नेपाली कांग्रेस सम्वादहीनताको स्थितिमा पुगेको छ। पार्टीका संस्थापन र इतर पक्षले केही दिन भागवण्डा मिलाउन लामै वार्तालाप गरे। यस अघि इतर पक्षले नेपाल विद्यार्थी संघ लगायत समितिहरुमा भागवण्डा नमिलेकोले केन्द्रीय कार्य समितिको वैठक लगायत वहिस्कार गरेको थियो।

३. केन्द्रीय कार्य समितिका बैठकहरु बहिस्कार गरिएको र वार्ता पनि नमिलेको भनेर संस्थापन पक्षले २०७७ फाल्गुण ८–११ गते काठमाण्डौमा महाधिवेशन गर्ने निर्णय गर्यो। बहुमत सदस्यहरुद्वारा पारित त्यो निर्णयप्रति असन्तुष्ट पक्षले पत्रकार सम्मेलन नै गरेरै त्यसलाई सच्याउनु पर्ने जिकिर गरेको छ।

४. विवादमाथि विवाद थपिएको छ। यो विवादले पार्टीलाई अरु अप्ठ्यारो स्थितिमा पुर्याएको छ। दुईपक्षमा सम्वादहीनताको स्थिति सिर्जना भएको छ। यही स्थिति रहेमा भोलि सम्वाद कस्ले सुरुवात गर्ने भन्ने स्थिति पनि आउन सक्छ। प्रतिष्ठाको सवाल उत्पन्न हुन सक्छ।

५. पार्टीमा योग्य मानिसलाई योग्य स्थान दिने चलन भएको भए यस्तो स्थिति उत्पन्न हुने नै थिएन। योग्य मानिस भन्दा आफ्नो मान्छे खोज्ने चलन व्याप्त भएकाले पार्टीमा धेरै विकृति र विसंगति फैलिएको छ। यसमा पनि नेपाली कांग्रेस अहिले दुई पार्टी एक भएको अवस्थामा पनि होईन। पहिले दुई पार्टी एक भएको बेला ६० र ४० भागबण्डाको सम्झौता भएको थियो भने अहिले त्यस्तो स्थिति पनि होईन।

६. खुल्लमखुल्ला भागबण्डा गर्नु कदापि राम्रो होईन। त्यो भन्दा योग्यतम् व्यक्ति रोजेर त्यसलाई प्रस्तुत गर्नु राम्रो हो। राम्रो काम गर्नुबाट आफ्ना मान्छे मात्रै राख्ने गरिएकाले राजनीतिमा विकृति र विसंगति आएको हुन्छ। यो कुरालाई तिनीहरुले महसुस गर्नु पर्दछ।

७. कांग्रेसका नेताहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ। नेता र कार्यकर्ताहरु पक्ष र विपक्षमा लागेर विवाद चर्काउने हो कि पक्ष र विपक्ष दुबैलाई तिनीहरुको दोष देखाएर मध्यस्थताको भूमिका खेल्ने हो। यो महत्वपूर्ण कुरा भएको छ। उचित बाटो अपनाउन सकिएन भने पार्टीको अवस्था विग्रने सम्भावना छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width