श्री श्री रविशंकरको आगमन

सम्पादक
फागुन १७, २०६९

१. भारतका ख्यात्रि्राप्त योग तथा आध्यात्मिक गुरु श्री श्री रविशंकर चार दिने भ्रमणका लागि नेपाल आएका छन्। म·लबार काठमाडौं आएका उनले आफ्नो भ्रमणको क्रममा पोखरा, विराटनगर र धरानमा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन्। बिहीबार मुक्तिनाथको दर्शन गरेपश्चात् उनले पोखरामा आयोजित सत्स· कार्यक्रममा जीवन जिउने कलाको प्रशिक्षण दिनेछन्।

२. भारतमा योग, ध्यान र अध्यात्मको प्रशिक्षण दिने महत्त्वपूर्ण् तीनजना गुरु देखा परेका छन्। ती तीनजनाको शाखा, प्रशाखा विश्वका विभिन्न भागमा फैलिएका छन्। उनीहरू हुन्- आचार्य रामदेव, कल्याण मित्र सत्यनारायण गोयन्का र श्री श्री रविशंकर। त्यस्तो महत्त्वपूर्ण् व्यक्तिको आगमन हुनु खुशीको कुरा हो।

३.     उनले काठमाडौंमा राष्ट्रपति डा. रामवरण यादवलाई भेटेका छन्। उनले काठमाडौंको विभिन्न कार्यक्रममा सहभागी भई विशेष प्रवचन पनि दिए। उनले रूपान्तरणका लागि युवा शिविर, समृद्ध नेपालका विषयमा सम्बोधन गरेका थिए। उनको सरोकारको विषय शिक्षा, दुर्व्यसनमुक्त समाज, प्रकृति र वातावरण आदि हुन्।

४. श्री श्री रविशंकर दि आर्ट अफ लिभिङका व्याख्याताका रूपमा चर्चित छन्। उनका अनुयायीहरूले दि आर्ट अफ लिभिङका शाखा प्रशाखा विश्वका १५४ देशमा स्थापना भएको बताएका छन्। नेपालमा पनि महत्त्वपूर्ण् सहरमा त्यसको शाखा छन्। करिब एक दशक पहिलेदेखि पोखरामा पनि शाखा स्थापना गरिएको छ।

५. आज उनको आगमन पोखरामा हुँदैछ। पोखरामा सत्स·का लागि व्यापक तैयारी गरिरहेको छ। आयोजकहरूले आफ्नो तैयारी पूरा भएको अस्ति पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए। प्रचार-प्रसारका लागि मोटरसाइकल र्‍याली, तुल तथा ब्यानर टाँस्ने काम भएको छ। वसुन्धरा पार्कमा हुने सत्स·मा १० हजार जनाको सहभागिता रहने पनि बताइएको छ।

६.     उनको शिक्षा, दीक्षा सबै कुराहरू मानिसलाई तनावमुक्त पार्ने र समाजलाई हिंसामुक्त पार्ने हो। जुन कुरा हाम्रो समाजका लागि आवश्यक छन्। यहाँ अझ पनि हिंसाको वकालत गर्ने र व्यवहार गर्नेहरू छन्। हिंसाका घटना दिनदिनै भइरहेका छन्। तनावबाट आत्तिएका र अस्पतालकै शरणमा जानु परेकाहरूको सङ्ख्या ठूलो छ।

७. यस्तो अवस्थामा श्री श्री रविशंकरको आगमन भएको छ। आउन त उनी यसअघि पनि पटक-पटक नेपाल आएका थिए। तर उनी राजधानी बाहिर गएका थिएनन्। यसपटक पोखरा, धरान र विराटनगर पनि जाने भएकाले यो भ्रमणलाई महत्त्वका रूपमा हेरिएको छ। यस्तो महत्त्वपूर्ण् व्यक्तिको आगमन र उनले सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमलाई फलदायी बनाउनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width