श्री कृष्णदास महाराजको अभिनन्दन

सम्पादक
चैत्र १२, २०७५

१. सनातन धर्ममाथि बाह्य आक्रमण बढिरहेको बेला साधुसन्त र सनातनीहरुको गतिविधि यसबीच केही बढिरहेको छ । यताउता यज्ञ पूराणादिको आयोजना भईरहेका छन् । ती आयोजनाभन्दा बेग्लै र फरक किसिमको तथा महत्वपूर्ण आयोजना पोखरामा गत शनिवार भएको थियो । जसमा पोखराका दर्जनौं धार्मिक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

२. त्यो आयोजना हो – आद्य जगत् गुरु रामानन्दाचार्य पदविभूषित महायोगी सिद्ध बाबा श्रीवैष्णव १००८ डा.कृष्णदास महाराजजीको नागरिक अभिनन्दन । शनिवार सम्पन्न भएको नागरिक अभिनन्दनका लागि पोखरामा शुक्रराज शर्माको संयोजकत्वमा एउटा छुट्टै नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको थियो ।

३. उक्त अभिनन्दन महायोगी सिद्ध बाबा कृष्णदास महाराजलाई आद्य जगतगुरु रामानन्दाचार्य पदबाट विभूषित गरिएको उपलक्ष्यमा आयोजना गरिएको यो पहिलो हो र ऐतिहासिक पनि हो । त्यसले पोखरामा एउटा छुट्टै उत्साहको सञ्चार गरेको छ ।

४. सोलुखुम्बु जिल्लाको जुगु गाउँमा जन्मेका उनले सुनसरीको चतराधामलाई आफ्नो मुख्य आश्रम बनाएका छन् । उनको मुख्य आश्रम चतराधाम भए पनि उनी नेपालका धेरै मन्दिरहरुका पीठाधीश भएकाछन् । पोखराको नारायणस्थान धार्मिक क्षेत्र विकास समिति अन्तर्गत लक्ष्मीनारायण मन्दिरका पनि उनी पीठाधीश हुन् ।

५. उनले अमेरिका, भारत, बेलायत लगायतका स्थानहरुमा आफ्ना पीठहरु संचालन गरेका छन् । उनलाई नेपालभन्दा बाहिर धेरै पूज्य मानिन्छन् । विश्वमा उनका अनुयायीहरुको संख्या लाखौं पुगेको छ । बाह्य देशका लागि उनी नेपालको एक गौरव भएका छन्, पूजनीय व्यक्तित्व भएका छन् ।

६. सिद्धयोगी कृष्णदास महाराजका धेरै विशेषताहरु छन् । सिद्ध महायोगीको ज्ञान प्राप्त गरेका उनले अलौकिक शक्ति प्राप्त गरेका छन् । त्यसैले उनी श्वासप्रश्वास रोकेर जमिनमुनि धेरै दिन बिताउन सक्छन् । त्यो कुरा उनले चतराधाममा मात्र होइन, पोखरामा पनि गरेर देखाइसकेका छन्, उनले विभिन्न यज्ञ महायज्ञ सम्पन्न गरेर आफूलाई धर्मनिष्ठ बनाएका छन् ।

७. आध्यात्मिक ज्ञान गुणलेयुक्त महाराजजी जडीबुटी र आयुवेर्दका ठूला ज्ञाता हुन् । उनले लुप्त भएका धेरै जडी बुटी पत्ता लगाएका छन् । उनको सान्निध्यमा योग ध्यान गर्दा त्यसको प्रभाव र परिणाम नै अर्कै हुन्छ भन्ने साधकहरुको अनुभूति छ । उनले नास्तिक विचारकालाई पनि आस्तिक बनाएका छन् । सनातन धर्ममाथि अतिक्रम भइरहेको बेला यस्ता सिद्धबाबाहरुको सान्निध्य अरु महत्वपूर्ण हुन्छ । यो कुरालाई महसुस गरेर अनुयायीहरुले ठूल्ठूला सार्वजनिक कार्यक्रमहरु राखेर शुद्ध धर्मको प्रचार प्रसार गर्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width