शीर्ष नेताहरूको चाला

सम्पादक
जेठ १३, २०७०

१. हाम्रा नेताहरू आफूलाई अरुभन्दा भिजन भएको, दूरदर्शी भएको र आफूले गरेका काम पक्का हुने बताएर कहिल्यै थाक्दैनन्। तर व्यवहारमा उनीहरूले बोलेका र गरेका व्यवहार हेर्‍यौं भने उनीहरूको न कुनै भिजन देखिन्छ न कि दूरदर्शिता नै। उनीहरूले गरेका काम कुराहरू न पक्का देखिन्छन्, नकि राम्रो नै।

२. दुर्इ वर्षमा संविधान बनाउन गएका उनीहरूले चार वर्ष बिताएर पनि देशलाई एउटा संविधान दिन सकेनन्। उनीहरूले संविधान नबनेको दोष एक अर्कामाथि थोपर्दैछन्। जनतालाई थाहा छ, त्यसका दोषी को-को हुन् भनेर। जनताले आउने संविधानसभाको निर्वाचनको बेला त्यसको मुख्य दोषी को-को हुन् भनेर देखाउनेछन्।

३.     चार दलका शीर्ष नेताहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्षमा आसीन गराएको भरखरै दुर्इ महिना बितेको छ। तर अब तिनै नेताहरू र तिनका पार्टीले अध्यक्ष रेग्मीका विरुद्धमा विषवमन गर्न थालेका छन्। तिनीहरूले मन्त्रिपरिषद्का काम कारबाहीबारे खुलेरै आलोचना गर्न थालेका छन्।

४. नेताहरूले विकल्परहित भनेर अध्यक्ष रेग्मीको नाम अघि सारेका हुन्। एमाओवादी महाधिवेशनमा सबभन्दा अगाडि त्यो नाम प्रस्तावित भएको थियो र त्यसलाई मान्न सबै बाध्य हुने भविष्यवाणी पनि गरिएको थियो। काङ्ग्रेस, एमाले र मधेसी मोर्चाले त्यो नामलाई स्वीकारे र प्रधानन्यायाधीश रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बने।

५. मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी पनि अहिले अप्ठ्यारोमा परेका छन्। चार दलका नेताहरूले उनलाई स्वतन्त्रतापूर्वक काम गर्न पनि दिएका छैनन् र तिनीहरूले यो गर भनेर सर्वसम्मतिले काम दिएका पनि छैनन्। निर्वाचनका सम्बन्धमा तिनीहरूबीच धेरै मतभेद छन्। मतभेद भएका कतिपय कुरामा उनीहरू सहमतिमा पुग्न सकेका छैनन्।

६. तिनीहरूको सहमतिबिना सरकारले आफ्नो विवेकले केही गर्न पनि सकेको छैन। जसको कारण दिनहरू बित्दै गएका छन्। चुनावको वातावरण नबनेको र चुनावको मिति नतोकिएकोमा सरकारको आलोचनाले व्यापकता पाउन थालेको छ। राष्ट्र सङ्घका महासचिव वान कि मुनले पनि त्यसबारे बोल्न थालेका छन्।

७. नेताहरूमा भिजन र दूरदर्शिता नभएको प्रष्ट भएको छ। उनीहरूको बोली पनि पक्का छैन। कुरा फेर्न कुशल छन्। हिजो प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएका नेताहरूले नै आज प्रधानन्यायाशीधबाट राजीनामा दिनुपर्ने माग गर्न थालेका छन्। त्यसरी राजीनामा माग गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। यस्तै छ हाम्रा नेताहरूको चाला।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width