वैशाख २३ गते

सम्पादक
वैशाख २३, २०७०

१. आज वैशाख २३ गते। कास्की जिल्लाको इतिहासमा एक त्रासदीको दिन। कालो दिन। आजभन्दा ठीक एक वर्ष पहिले वैशाख २३ गते शान्तसँग बगिरहेको सेती नदीमा अकस्मात भीषण बाढी आएको दिन। त्यो बाढीले जिल्लाको सानो तर रमाइलो पर्यटकीय क्षेत्र खारापानी पूर्ण रूपले उजाडिएको दिन। त्यस दिन आएको त्यो कालो बाढीले पोखराका होनहार विद्यार्थीलगायत देश विदेशी ६० भन्दा बढीलाई बगाएर मृत्युको मुखमा झोसेको थियो। तीमध्ये ३० जनाको लास फेला पारिएको थियो भने त्योभन्दा बढी बेपत्ता भएका छन्।

२. राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित त्यस दैवी प्रकोपको विभीषिका हेर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफ्नो दल बलका साथ त्यहाँ पुगेका थिए। उनले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन गरी पीडितहरूलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका थिए। सरकारको त्यो घोषणालाई धेरैले सकारात्मक रूपमा लिएका थिए।

३.     पीडितहरूका राहतका लागि केही सङ्घसंस्था पनि अग्रसर भएका थिए। तीमध्ये पोखराको अन्नपूर्ण एफएमले अन्नपूर्ण राहत कोष संस्थापना गरी सहयोगको अपिल गरेको थियो। त्यसको अपिलको कदर गरेर देश विदेशबाट राहत रकम उपलब्ध भयो। त्यस कोषमा ६६ लाखभन्दा बढी सड्ढलन भएको बताइएको छ।

४. त्यस कोषबाट त्यसले चरणबद्ध रूपमा राहत उपलब्ध गराउँदै रु. ४६ लाख बढी खर्च गरेर नौवटा घर निर्माण गरी पीडित परिवारलाई पुनर्वासको व्यवस्था गरेको छ। त्यसले स्मृति पार्क निर्माण गर्ने योजना पनि बनाएको छ। एउटा सञ्चार संस्थाले त्यसरी सहयोग पुर्‍याएको छ। तर प्रधानमन्त्रीको आश्वासनको बाबजुत त्यहाँ सहयोग राम्ररी पुगेको छैन।

५. सरकारले मृतकको परिवारलाई दाह संस्कारका लागि रु.२५ हजार र सहयोग एक लाख वितरण गरेको छ। तर जो बेपत्ता छन्, उनीहरूको परिवारले केही पाएका छैनन्। सायद सरकारको दृष्टिमा उनीहरू पीडित होइनन्। पीडितको परिभाषामा उनीहरू पर्दैनन्। अन्नपूर्ण राहत कोषबाट भने उनीहरूलाई प्रतिपरिवार रु.२५ हजार प्रदान गरिएको छ।

६.     पछि बल्ल बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतकको परिवारसरह राहत र सहयोग उपलब्ध गराउने सिफारिस भएको बुझिन्छ। तर त्यो कहिले आउँछ र कहिले पाइन्छ निश्चय छैन। जतिसुकै चुस्त र फूर्तिलो प्रशासन भए पनि सरकारी काम के कसरी ढिलो हुन्छ भन्ने यो एक उदाहरण हो।

७. आजको दिनले त्यो घटनाको स्मरण गराएको छ। पीडितहरूको सहयोग र उद्धार गर्न अपिल गरेको छ। त्यस्तो घटना फेरि नदोहोरिउन् भन्ने सबैले कामना गरेका छन्। अन्नपूर्ण राहत कोषले घटनास्थलमा स्मृति सभाको आयोजना गरेको छ। यस अवसरमा हामी खारापानीमा ठोस सहयोग पुर्‍याएकोमा अन्नपूर्ण एफएमको सहयोगको उच्च मूल्याड्ढन गरी धन्यवाद ज्ञापन गर्दछौं र दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width