वी.पी.को सम्झना

सम्पादक
भाद्र २४, २०७६

१. आज हामी फेरि एक पटक जननेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई स्मरणगर्न गइरहेका छौं। उनी २००७ सालमा थोरै समयका लागि गृहमन्त्री भएका थिए भने २०१५ सालको आम निर्वाचनबाट नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि २०१६ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए।

२. प्रधानमन्त्रीका रुपमा उनले डेढ वर्ष काम गरे। त्यत्ति अवधिमा उनले जे जति आधारभूत कामहरु गरे? त्यसले उनलाई अविस्मरणीय बनाएको छ। नेपालको इतिहासमा धेरै प्रधानमन्त्रीहरु भएका छन्? नेताहरु भएका छन्। उनीहरुले पनि सकेका कामहरु गरेका छन्। तर वि.पी. को कामकुरा सिद्धान्त र आदर्श सधैं चर्चाको विषय रहेको छ। ती कामकुराले उनलाई अमरत्वप्रदान गरेका छन्।

३. उनी नेपालका यस्ता प्रधानमन्त्री भए जसले आफूले पाएको २५०० तलब घटाएर १५००। – मन्त्रीले पाउने तलब १५०० बाट १ हजार गरे भने राष्ट्र सेवक कर्मचारीहरुको तलब भने बढाएका थिए। जसले गर्दा कर्मचारीहरुमा काम गर्ने उत्साह वृद्धि भएको थियो। यसबाट उनले कसरी काम गर्दथे भन्ने कुरा बुझ्न सकिन्छ। तर त्यो किसिमले कसैले काम गरेको रिडर्क छैन।

४. उनले विर्ता उन्मूलन? राजारजौटा ऐनको खारेजी गरे भने उता मुस्ताङमा सुवेदार बमप्रसाद मारिएकोमा चीनलाई क्षमा माग्न लगाए। उनले इजरायल र पाकिस्तानसँग दौत्य सम्बन्ध स्थापित गरेको घटनालाई पनि कुटनीतिक क्षेत्रले महत्वका साथ हेर्ने गरेका छन्। उनका त्यसबेलाका काम स्मरण योग्य छन् र दूरगामी महत्वका छन्।

५. उनी दूरदृष्टि राख्ने प्रजातान्त्रिक समाजवादका उनी व्याख्याता नै थिए। प्रजातान्त्रिक समाजवाद लोकप्रिय नारा हो। तर कांग्रेस जनको मुखबाट समाजवादको स्वर कम हुँदै गएको छ। अकोर्तिर उनी धर्मभीरु थिएनन् र कार्यकाण्डमा विश्वास गदैर्नथे। तर आज भोलिका केही कांग्रेसहरुले उनलाई हिन्दूधर्मको जामा पहिराउने अनर्गल प्रयास गरिरहेका छन्।

६. साहित्यिक क्षेत्रमा पनि उनको नाम अविस्मरणीय छ। नेपाली साहित्यमा यौन विषय घुसाउने श्रेय उनैलाई जान्छ। कणेर्लको घोडा? दोषीचश्मा लेखेर उनले साहित्यमा नयाँ पन भिœयाएका थिए। पछि उनी जेल बस्दा लेखेका तीन घुम्ती? नरेन्द्र दाइ? सुम्निमा उत्कृष्ट उपन्यास मानिन्छन्। उनको आत्म वृत्तान्त र जेल जर्नलले उनीप्रति विरोधीहरुको धारणामा धेरै परिवर्तन अनुभव गराएका छन्।

७. त्यस बेला कम्युनिष्टहरुले उनलाई भारतको पिछलग्गु आदि भन्दथे भने ती किताबको प्रकाशनले उनीहरुको त्यो धारणा गलत सावित भएको छ र उनीहरुले पनि अब उनलाई सच्चा राष्ट्रवादी भन्ने गरेका छन्। जति पछि भन्यो उति? उनको स्वच्छ छवि निखारिएको छ। उज्यालो देखिएको छ। उनको महत्व अरु बढ्दै गएको छ उनी नेपाली जनताले गर्व गर्न लायकका देखिएका छन्।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width