विश्व कुष्ठरोग दिवस

सम्पादक
माघ १४, २०६९

१. आज विश्व कुष्ठरोग दिवस हो। कुष्ठरोग निको हुन्छ। निको पार्न सकिन्छ। कुष्ठरोगीलाई हेर्ला गर्ने होइन, माया गर्नुपर्दछ भनेर अभियान सञ्चालन भएको ६० वर्ष भएको छ। यो ६० वर्षमा कुष्ठरोग निको पार्ने क्रममा धेरै प्रगति भएको छ। तर यसको पूर्ण रूपले निवारण भएको छैन। अझै पनि यो रोग देखा पर्ने गर्दछ। नेपालमा पनि यस क्षेत्रमा धेरै प्रगति भएको छ।

२. हिजो कुष्ठरोग निको हुन नसक्ने रोग मानिन्थ्यो। यो रोग एकबाट अकोर्मा सर्छ भनेर तथा यो रोगले मानिसको अङगभङग गरिदिने र अनुहार कुरूप पार्ने भएकोले यसलाई बडो हेयको दृष्टिले हेर्ने गरिन्थ्यो। यसलाई पूर्व जन्मको पापको रूपमा पनि लिने गरिएको थियो। धार्मिक किताबहरूमा पनि कुष्ठरोगको भयावहबारे धेरै लेखिएको छ।

३.     धार्मिक ग्रन्थहरूमा त्यसरी उल्लेख गरिएकाले कुष्ठरोगीहरूलाई छिःछिः र दूरदूरको दृष्टिले हेरिन्थे। त्यसलाई छुन हुन्न भनिन्थ्यो। कुष्ठरोगलाई कानुनले महारोग हो भनेर नाम राखी यस सम्बन्धमा छुट्टै ऐन कानुनको व्यवस्था गरेको थियो। कुष्ठरोग लागेपछि घर परिवारबाट निकालिन्थ्यो। समाज र बस्तीबाट टाढा राखिन्थ्यो।

४. राणाकालमा देशको अन्य ठाउँका अतिरिक्त स्याङ्जा जिल्लाको मालुङ्गामा कुष्ठरोगी खाना थियो। वरपर पाइएका कुष्ठरोगीहरूलाई त्यहीँ राख्ने गरिन्थ्यो। नेपालमा हरियोर्खर्क अस्पताल, आनन्दवन अस्पतालले र नेपाल कुष्ठरोग निवारण सङ्घको गठन भएपछि कुष्ठरोगको क्षेत्रमा ठूलो प्रगति भएको छ।

५. नेपाल कुष्ठरोग निवारण सङ्घ, पोखरा शाखाले मालुङ्गा कुष्ठरोग खाना सञ्चालन गरेपछि कुष्ठरोगीहरूको औषधोपचार र पुनस्र्थापना कार्यमा आमूल परिवर्तन भएको थियो। शाखाले घरेलु तालिमको व्यवस्था गरी उनीहरूलाई पोखरामा ल्याई पुनस्र्थापना गर्ने काम गरेको स्मरणीय छ। शाखाले अहिले आरोग्य आश्रम सञ्चालन गरेको छ।

६.     पहिलेको तुलनामा अहिले धेरै फरक आएको छ। मानिसहरूको कुष्ठरोगीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। औषधि विज्ञानले पनि यस क्षेत्रमा अद्भूत चमत्कार गरेको छ। हात नहुनेलाई कृत्रिम हात र खुट्टा नहुनेलाई कृत्रिम खुट्टा दिएर ठूलो उद्धार गरेको छ। उहिले कुष्ठरोगको औषधि छैन भनिन्थ्यो भने अहिले अचुक औषधि उपलब्ध छ।

७. कुष्ठरोग लुकाएर छिपाएर ब्रि्रन्छ। समयमा नै औषधि खाएर निको हुन्छ। फेरि यो अरुजस्तो सरुवा रोग पनि होइन। घर परिवारबाट टाढा राख्नु पनि पर्दैन। घरमै रहेर औषधोपचार गर्न सकिन्छ। मुख्य कुरा यसलाई भेदभाव र हेला गर्नुहुँदैन। त्यसैले यस वर्षको नारा ‘भेदभावको अन्त्य र प्रभावितको पुनस्र्थापना, कुष्ठरोगमुक्त समाज, हामी सबैको चाहना’ राखिएको छ। यो नारालाई व्यवहारमा उर्तान सके यस क्षेत्रमा अरु प्रगति र परिवर्तन हुनेछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width