१. राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार विनय कसजूको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलवार अपराह्वान निधन भयो। उनी ६९ वर्षका थिए। केही समयदेखि उच्च रक्तचाप, मधुमेह र निमोनियाबाट पीडित थिए।
२. विनय कसजू मूलतः पाल्पा तानसेनका थिए। पछि उनी बसाइँ सरेर काठमाडौं गएका थिए। उनले आफ्नो जीवनको महत्वपूर्ण भाग तानसेनमा बिताएका थिए। उनी काठमाडौंमा बसोबास गर्ने भएपनि त्यहाँ उनी पाल्पालीका रुपमा चिनिन्थे। उनले पनि पाल्पाली हुनमा नै गर्व गर्दथे।
३. तानसेनमा उनी एक पत्रकारका रुपमा चिनिन्थे। उनले वि.सं.२०४० सालमा सत्य साप्ताहिक पत्रिका प्रकाशन गर्न थाले पछि उनको त्यो पहिचान बनेको हो। तानसेनबाट पनि नियमित पत्रिका निकाल्न सकिन्छ र भन्ने चुनौती रहेको बेलामा उनले अथक परिश्रम गरेर सत्य साप्ताहिकलाई निरन्तरता दिएका थिए।
४.उनले एशिया फाउण्डेशनको सहायताले वि.सं.२०५० सालमा विकास पत्रिकाको अवधारणा राखेर ग्रामीण पत्रिका देउराली साप्ताहिकको प्रकाशन गरे। नेपालको पत्रकारिता जगतमा त्यो एउटा नयाँ प्रयोग थियो, नयाँ अवधारणा थियो। त्यो प्रयोगलाई उनले सफल पारे र तत्सम्बन्धी विषयविज्ञका रुपमा उनको पहिचान भयो। काठमाडौंको प्रशिक्षण आदिमा पनि उनलाई आमन्त्रण गर्न थाले।
५. त्यति मात्र होइन, उनी सामुदायिक रेडियोका पनि अभियन्ता हुन्। रेडियो मदनपोखराको स्थापना र विकासमा उनको ठूलो योगदान छ। साहित्य लेखनमा पनि उनको योगदान रहेको छ। खास गरेर बाल कथामा उनी चर्चित छन्। उनले ५० भन्दा बढी बालकथामा आधारित किताब प्रकाशन गरेका छन्। बालकथा लेखनामा उनले काठमाडौंमा प्रशिक्षण पनि दिने गरेको कुरा उल्लेखनीय छ।
६. उनी सूचना आयोगका अध्यक्ष नियुक्त भए। सूचनाको हक सम्बन्धमा उनले धेरै काम गरेका थिए। सरकारी निकायहरुको सूचना बाहिर निकालेमा त्यसले गोपनीयता भङ्ग हुन्छ भन्ने मानसिकता बोकेको बेला उनले सूचना प्राप्त गर्ने नागरिकको हक हो भन्ने मान्यता स्थापित गरे। यतिसम्म कि एस.एल.सी.का विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाउने हक पनि स्थापित भयो।
७. वरिष्ठ पत्रकार विनय कसजू स्वयं विनयी र शान्त स्वभावका थिए। उनी थोरै बोल्ने धेरै काम गर्ने गर्दथे। काम गरेर उनी थाक्दैनथे। ठूलो सानो जे काम पनि गर्दथे। उनी परिश्रमी थिए। परिश्रमी भएकै कारण उनी माथि माथि पुग्दै थिए। उनले आफ्नो जिम्मेवारीलाई सफल पारेरै छोड्दथे। यो उनको विशेषता थियो। यस्तो वरिष्ठतम अथक परिश्रमी व्यक्तिको निधन हुनु समाजको लागि ठूलो क्षति हो। हामी उनको निधनमा गहिरो शोक प्रकट गर्दछौं र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०