विदेश जानेको लर्काे

सम्पादक
भाद्र २३, २०७७

१. यतिखेर पश्चिम नेपालका भन्सार नाकाहरुमा भारत तर्फ जान लागेका नेपालीहरुको ठूलै लर्काे देखिन्छ । त्यसमध्ये अधिकांश ३/४ महिना अघि भारतबाटै स्वदेश फर्केका हुन् । भारतमा कोरोना महामारी सुरुभएपछि कतिपय रोजगारी खोसिएर तथा कति ज्यान बचाउन कै लागि भनेर नेपाल फर्किएका थिए । मर्नै परे पनि आफ्नै देशमा गएर मर्ने भनेर उनीहरु हिडेका थिए ।

२. कति त फर्कन गाडी नपाएर पैदलै हिडेर पनि भोकभोकै कति दिन पछि देशका सिमानामा आईपुगे । सरकारले सबै नाका बन्द गरेको थियो । कतैबाट पनि पस्न नदिदा कति त अबैध बाटोबाट भित्र पसे । कति महाकाली नदीमा हेलिएर आए । देशमा पसेपछि पनि गाउँमा जान गाडी चढेकाहरु गाउँ नपुग्दै दुर्घटनामा परी कतिले ज्यान गुमाउन पुगे ।

३. सरकारले नाकाहरु बन्द गरेर आफ्ना नागरिकलाई रोक्यो । उनीहरुको स्थिति बेला थियो, कतिको खानेबस्ने खर्च थिएन । पछि चारै तर्फबाट दबाब आएपछि मात्र सरकारले छोड्यो । समयमै सरकारले नाकाहरुमा स्वास्थ्य जाँच र क्वारेन्टिनको व्यवस्था नगर्दा कोरोना संक्रमण फैलियो । यो सरकारको दोष थियो । तर दोष निरिह जनतामाथि लगाईयो ।

४. कोरोनाबाट ज्यान बचाउँन भनी गाउँ आएकाहरु सुरुमा त गाउँ आउन पाएकोमै रमाए । घरपरिवार र आफन्त भेटेर खुसी मनाए । खेतीपातीको वेला भएकोले त्यसमा लागे । हुनेले बाँझो फोरे । आएको एक डेढ महिनामै खल्ती रित्तियो । घरमा अन्नपात सकियो । गाउँमा रोजगारी भएन । रोगले भन्दा भोकले मरिने चिन्ता बढ्यो । फेरी उनीहरु रोजगारीका लागि विदेश जान बाध्य भए र

५. देशमा लोकतन्त्र, गणतन्त्र आएको कति भयो ? त्यसअघि विदेश पुगेकाहरुलाई लागेको थियो अब त देशमा विकास भईसक्यो होला । तर कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखेपनि बाङ्गाको बाङ्गै भनेजस्तो उनीहरुले केही फेरिएको महशुस गर्न पाएनन् । जिविकाको लागि फेरी विदेशिनु पर्‍यो । नेपालीहरुले यो नियति कहिलेसम्म भोग्नु पर्ने हो ? जिम्मेवार सरकार नभएसम्म यो समस्या रहिरहने भयो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width