विकल्पमा होटल

सम्पादक
जेठ २६, २०७७

१. देशमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारी तहबाट तयार गरिएका क्वारेन्टिनहरु अप्रर्याप्त र अव्यवस्थित समेत भएपछि त्यसको विकल्प खोजिएको छ । विकल्पमा होटलमा पनि बस्न सकिने भएको छ । तर ती होटलहरु क्वारेन्टिनको लागि अनुमति प्राप्त सूचिमा रहेका हुनुपर्नेछ ।

२. सरकारले विदेशबाट आउन चाहने नेपालीहरुको उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो । होटल बसाईको खर्च स्वयम् व्यक्तिहरुले नै तिर्नु पर्नेछ । सरकारले क्वारेन्टिनको लागि काठमाडौं, रुपन्देही र पोखराको गरी ४७ वटा होटलहरुको नाम समेत सार्वजनिक गरेको छ । सूचीमा चारतारे३, तीनतारे ९, दुईतारे २, एकतारे ५ तथा पर्यटन स्तरका होटलहरु रहेका छन् ।

३. यसैगरी वागलुङ नगरपालिकाले पनि विदेशबाट आउनेहरुलाई क्वारेन्टिनको विकल्प दिएको छ । सुविधासहित क्वारिन्टनमा बस्न चाहनेले रकम तिरेर होटलमा बस्न सक्ने छन् । अन्यलाई सरकारी क्वारेन्टिनमा निःशुल्क राख्न सकिने व्यवस्था छ । वागलुङमा १० स्थानीय तहले एक सय बढी क्वारेन्टिनको व्यवस्था गरी भारतबाट आएका एक हजार चार सय बढीलाई राख्दै आएको जनाइएको छ ।

४. पहिलो चरणमा वागलुङका ६ वटा होटलमा एक सय ५० शैयाका क्वारेन्टिन बनाइने र ती होटलका कोठामा सेनिटाइज गर्ने, खाना प्याकेजिङ गरेर कोठामै पुर्‍याइने, स्वास्थ्य सचेतना लगायतका सुविधा प्रदान गरिने भएको छ । साथै होटल क्वारेन्टिनमा बस्नेहरुका लागि कोठाको शुल्क समेत उल्लेख गरिएको छ । कोठाहरु सबै शौचालय र स्नान कक्ष रहेको जनाइएको छ ।

५. विकल्पमा होटल क्वारेन्टिनको व्यवस्थाले केही भए पनि राहत महशुस भएको छ । होटलमा बस्न चाहनेहरुले उपभोग गर्न पाउने छन् भने अन्य क्वारेन्टिनमा पनि चाप घट्ने छ । तर स्वास्थ्य सुरक्षाको आवश्यक व्यवस्थाको लागि सरकारी निकायको निगरानी तथा व्यवस्थापनमा कमी रहनु हुँदैन । होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिन दुवैमा उत्तिकै दृष्टि दिनु जरुरी हुन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width