वार्ता परिणाममुखी हुनुपर्दछ

सम्पादक
चैत्र १८, २०६९

१.  अन्तरिम चुनावी सरकारले चुनावमा जान असन्तुष्ट भएका दलहरूसँग वार्ता गरी देशमा चुनावी वातावरण तयार गर्ने मन्त्रीस्तरीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा गृहमन्त्री माधव घिमिरे संयोजक तथा स्वास्थ्य मन्त्री विद्याधर मल्लिक तथा सूचना तथा सञ्चारमन्त्री माधव पौडेल सदस्य तोकिएको छ।

२. वार्ता टोलीले आफ्नो काम के कसरी प्रारम्भ गर्ला, त्यो सबैको चासोको विषय भएको छ। नेकपा- माओवादीलगायतका केही पार्टीहरूले चुनावी सरकारको विरोधमा आफ्नो आन्दोलन घोषणा गरिसकेका छन्। आन्दोलन अहिले प्रारम्भिक चरणमा छ। यस्तो बेलामा छिटो वार्ता गर्नु आवश्यक छ।

३.     उता नेकपा-माओवादीले भने चुनाव बिथोल्ने क्रममा चुनावका लागि नाम सड्ढलन गर्न गएका सरकारी टोलीबाट कम्प्युटर, ल्यापटपलगायतका सामग्री खोस्न थालेको छ। त्यस पार्टीले कतै निर्वाचन आयोगको कार्यालय पनि तोडफोड गरेको छ। पार्टीको त्यस्तो काम कारबाहीको कारण जति पछि भयो उति स्थिति जटिल हुने देखिन्छ।

४. यो सरकारको गठन विधिमा चित्र नबुझाइ अस्तुष्ट भएका धेरै पार्टीछन्। सुरुमा नेपाली काङ्ग्रे र एमालेका कतिपय नेताले पनि त्यसको विरोधमा असन्तोष व्यक्त गरेका थिए। तर अहिले उनीहरू त्यसलाई बाध्यताको उपज हो भनी चुप लाग्न थालेका छन्। अन्य केही पार्टीपनि अब के गर्ने त भन्ने स्थितिमा पुगेका छन्।

५. मोहनविक्रम सिंहको -मसाल) पनि यो सरकारको विरोधमा छ। सरकारको विरोध गर्ने काममा त्यो पार्टीपनि सम्मिलित भएको सर्वविदित छ। तर त्यसले सरकारको विरोध गरे तापनि चुनाव बिथोल्न हुँदैन भन्ने स्थितिमा पुगेको छ। अस्ति पोखरामा उनले संविधानसभाजस्तो युगान्तकारी महत्त्व राख्ने चुनावमा सहयात्री हुनुपर्ने विचार व्यक्त गरे।

६. सधैँ सिद्धान्तको पछि लाग्ने कम्युनिष्ट नेताहरूमध्ये वयोवृद्ध दुर्इ मोहनको दुर्इ पार्टीयस पटक दुर्इतिर भएका छन्। मोहन वैद्यको नेकपा-माओवादीले चुनाव बिथोल्न थालेको छ भने मोहनविक्रमको मसालले चुनाव बिथोल्नु हुँदैन भनी चुनावमा सहयात्री हुनपर्ने जनाएको छ। दुर्इ मोहन दुर्इतिर लागेका छन्।

७. हिजो सरकारको विरोध गरेकाहरू आज केही नरम हुँदैछन्। केही पार्टीहरूले व्यवहारिकताको ख्याल राखेर पनि चुनावतिर दृष्टि दिन थालेका छन्। केही पार्टीले चुनावमा आफ्नो भविष्य देख्न थालेका छन्। साना पार्टीका लागि पनि चुनाव आवश्यक छ। यस्तो स्थितिमा सरकारले वार्ता टोली गठन गरेको छ, जुन ज्यादै आवश्यक छ। वार्ता टोलीले सबैंसँग सौहार्दतापूर्वक वार्ता गर्नुपर्दछ र वार्ता परिवारमुखी हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width