वसन्त केशव रहेनन्

सम्पादक
पौष १७, २०७६

१. पोखराका वरिष्ठ समाजसेवी तथा पोखरा बृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीको स्थानीय गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आईतबार अपराह्न निधन भयो। उनी ८२ वर्षका थिए। उनी केही समयदेखि दमको रोगबाट पीडित थिए।

२. शहरीकरणतिर अघि बढिरहेको भएतापनि पोखरामा बृद्धाश्रम सुचारु रुपले संचालन गर्न सकिएलाकि नसकिएला भन्ने द्विविधा भएको वेलामा वरिष्ठ राजनीतिज्ञ ऋषिकेशव पराजुलीले पोखरा बृद्धाश्रमको शुरुवात गरेका थिए। आफ्ना पिताजीको कामलाई टेवा पुर्याउन वसन्तकेशवले सचिव पदमा काम गरेका थिए।

३. बृद्धाश्रम एक चुनौतीका रुपमा रहेको वेला उनीहरुको अथक परिश्रमबाट बृद्धाश्रम व्यापक हुँदै सफलतातिर अग्रसर भएको उल्लेख गर्न पाउनु सन्तोषको विषय हो। संस्थापक अध्यक्ष ऋषिकेशव पाराजुलीको निधन पश्चात वसन्तकेशव अध्यक्ष निर्वाचित भएका थिए।

४. वरिष्ठ समाजसेवी पराजुली मूलतः एक शिक्षक थिए। उनले प्रधानाध्यापक भएर पनि ख्याति कमाए। उनले जनज्योति माध्यामिक विद्यालयमा प्रधानाध्यापक भएर सेवा गरेका थिए। प्रधानाध्यापकपदबाट नै उनी सेवा निवृत्त भएका थिए।

५. सेवा निवृत्त भएर पनि सेवा निवृत्त शिक्षकहरुको हकहितका लागि उनले धेरै काम गरे। उनले निवृत्त शिक्षक समुदाय कास्कीको नाममा संस्था खोली यसको लगातार २०५२ देखि २०६३ सालसम्म १२ वर्ष अध्यक्ष रहेका थिए। त्यो संघको सकृयताबाट निवृत्त शिक्षकहरुको हक हितमा धेरै कार्यहरु भएका थिए।

६. दिवंगत पराजुलीले आफ्नो जीवनमा धेरै क्षेत्रमा धेरै अनुभव हासिल गरेका थिए। कहिले उनी व्यापार व्यवासयतिर लागे भने कहिले कृषि कार्य पनि गरे। उनको यो विशेषता थियो कि जहाँ गए पनि उनी नेतृत्वमा पुग्थे। कृषिकार्य गर्दा उनले सामुदायिक कृषक समूह स्थापना गरी ६ वर्ष त्यसको अध्यक्ष भएका थिए।

७. साहित्यमा पनि उनले आफ्नो कलम अघि बढाएका थिए। यो नामबाट कथा संग्रह, कविता, भजन आदि प्रकाशित गरेका थिए। उनी धेरैधेरै संघसंस्थाहरुबाट सम्मानित र अभिनन्दित भएका थिए। उनले आफ्ना माता पिताका नाममा विद्यालयमा छात्रवृत्तिहरु पनि स्थापना गरेका थिए। उनी स्पष्ट वक्ता थिए। सबैसँग मिल्थे र जतिखेर पनि जहाँ जान पनि उनी तयार हुन्थे। सक्रियता र तत्परता उनको विशेषता भएको मानिन्थ्यो। त्यस्तो सकृय र तत्पर व्यक्तिको निधन हुनु समाजको लागि ठूलो क्षति हो। हामी दिवगंत पराजुली प्रति हर्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width