लोकतन्त्र दिवस सम्पन्न

सम्पादक
वैशाख १२, २०७०

१. वैशाख ११ गते नेपालको लोकतन्त्र दिवस। आज भन्दा सात वर्ष पहिले आजकै दिनमा लोकतन्त्रको स्थापना भएको थियो। २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन दोस्रोले लोकतन्त्रको स्थापना गरेकोले यसको ठूलो महत्व छ। तर यसको जति महत्त्व छ भनिन्छ, उत्ति यो दिवस मान्नमा उत्साह र उम· देखिएन।

२. २०६२/०६३ को आन्दोलनमा जनताले अपार एकता देखाएका थिए। त्याग गरेका थिए। २०६२/०६३ आन्दोलनका शीर्षनेता गिरिजाप्रसाद कोइरालाले नेपालको इतिहासमा त्यो अन्तिम आन्दोलन हो, यसपछि अब जनताले कहिल्यै आन्दोलन गर्नुपर्ने छैन भनेका थिए। त्यसैले जनता वडो उत्साहसाथ आन्दोलनमा सक्रिय भएका थिए।

३. तर जनताको आकाँक्षा अनुसार देशमा काम भएन। दुर्इ वर्षमा बन्नुपर्ने संविधान चार वर्ष लगाएर पनि बनाउन सकिएन। विकास निर्माणका काम अवरुद्ध भए। जनताको आर्थिक क्रियाकलाप बढेन। समस्यामाथि समस्या थपिँदै गए। राजनीतिमा लागेका अधिकांशले फाइदा उठाउँदै गए, सर्वसाधारण जनता पिल्सिँदै गए।

४. नेताहरूले लोकतन्त्र त भने तर उनीहरू आफै लोकतन्त्रवादी भएनन्। उनीहरूले राष्ट्रियताको नाम खूब लिने गरे, तर उनीहरूमा नै राष्ट्रियता खोज्नुपर्ने भयो। लोकतन्त्र एउटा राष्ट्रिय दिवस हो। तर यो राष्ट्रिय दिवसमा भन्दा नेताहरूले आफ्नो पार्टीको कार्यक्रमममा बढी ध्यान दिने गरे। त्यसैले लोकतन्त्र दिवसको समारोह साधा र खल्लोजस्तो भयो।

५. त्यसबेला नेताहरूले लोकतन्त्र, धर्म निरपेक्षता र सङ्घीयतालाई राज्यका तीन खम्बाका रूपमा व्याख्या गरे। तर संविधान लेख्न नसकेका कारण लोकतन्त्र संस्थागत हुन सकेको छैन भने नेताहरूको कमजोरीका कारण धर्मनिरपेक्षताले देशलाई खास फाइदा भएको छैन। धर्म निरपेक्षता इसाई धर्म प्रचार गर्न ल्याइएको जस्तो भएको छ। त्यस्तै सङ्घीयता पनि धर्मराउँदो छ।

६. यसबीचको उल्लेखनीय काममध्ये शान्ति प्रक्रियालाई लिन सकिन्छ। राजनीतिक पार्टीरूको दृष्टिमा शान्ति प्रक्रिया टु·एिको जस्तो देखिएको छ। तर त्यो टुङ्गएिको छैन। त्यसबेला कब्जा गरिएको व्यक्तिको घरजग्गा अझै फिर्ता भएको छैन। ती पीडितको चित्त दुखाएर शान्ति भयो भन्नुहुँदैन। त्यस्तै द्वन्द्वपीडितको समस्या पनि त्यस्तै छ।

७. संविधानसभाको फेरि चुनाव हुन गइरहेको छ। यस्तो बेलामा नेताहरूले आफ्नो भावनामा परिवर्तन गर्नु आवश्यक छ। लोकतन्त्रप्रति सबै भित्रैबाट प्रतिबद्ध हुनुपर्‍यो। पार्टीन्दा देश ठूलो भन्ने भावनाले काम गर्नुपर्‍यो। राष्ट्रिय पर्वहरूलाई उत्तिकै महत्त्व दिएर उत्साहका साथ मनाउने परम्परा बसाउनुपर्‍यो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width