लैंगिक हिंसाविरुद्धको कार्यक्रम

सम्पादक
मंसिर १२, २०७९

महिलाको संख्या पुरुषको भन्दा बढी छ । बढी भएकोले कतै महिलाको विषयमा उल्लेख गर्नु पर्दा आधा आकाश ढाकेर बसेका महिलाहरु भन्ने गरिन्छ । संख्यामा महिलाहरु धेरै भए पनि राजनीति, सामाजिक संघसंस्था तथा राज्यको नीति निर्धारण गर्ने तहमा महिलाको उपस्थिति न्यून रहने गर्दछ । एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर महिलाहरु अनेक किसिमका हिंसाबाट पीडित भएर रहनु परेको छ । पितृ सत्तात्मक समाज भएर हो कि महिला उत्थानका लागि, विकासका लागि तथा हकहितका लागि जति सुकै नारा लगाए तापनि कार्यक्रम र योजना बनाए तापनि आशा अपेक्षा गरेअनुसार प्रगति भएको छैन । अग्रज महिलाहरुले वर्षौं पहिलेदेखि आफ्नो अवस्थामा परिवर्तन ल्याउने अनेक किसिमका संघर्ष, आन्दोलनहरु गरिरहेका छन् । सहरी क्षेत्रमा त्यसको तात्विक अन्तर देखिएको छ । ग्रामीण क्षेत्रमा सन्तोष गर्ने अवस्था छैन ।

हाम्रो देशमा भएका सामाजिक, राजनीतिक आन्दोलनमा महिलाहरुले पुरुषसरह र पुरुषसँग हातेमालो गरेर आन्दोलन गर्दै आएका छन् । आन्दोलन गर्ने बेलामा महिलाहरुले पुरुषसरह त्याग, तपस्या र बलिदान गर्ने गर्दछन् भने त्यसको प्रतिफल खाने बेलामा अधिकांश पुरुष अघि सरेर महिलाको भाग पनि तिनीहरुले उपभोग गर्ने गर्दछन् । पुरुषहरुको त्यस्तो प्रवृत्तिले अहिले पनि महिलामाथि शोषण भएको छ । उत्पीडन भएको छ र हिजोको थिचोमिचो कायमै रहेको छ । सरकारी स्तरमा महिलाहरुको दबाबको कारण केही ऐन, कानुनको तर्जुमा भएको छ र महिलाहरुको हक अधिकारका सम्बन्धमा सुधार गरिएको छ । कतिपय संघ संस्थामा महिला उपस्थिति अनिवार्य गरिएको छ भने राजनीतिक फोरमहरुमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । तर त्यसको कार्यान्वयन समुचित रुपले भएको छैन ।

महिलाहरुको स्थिति सुधार्न र उत्थान गर्न अनेक प्रयास गर्दा पनि नभएपछि मानव अधिकारसँग सम्बन्धित संघ संस्थाहरु चिन्तित पनि छन् । संयुक्त राष्ट्रसंघ आफैं पनि चिन्तित भएर अनेक कार्यक्रमहरु ल्याएको छ । महिलाको समस्या माथि सबैको ध्यान आकर्षित गर्न त्यसले सन् १९७५ लाई महिला वर्षको रुपमा मान्ने ग¥यो । एक वर्षभरि त्यसले विविध कार्यक्रम राखेर सरकारलाई सुझाव पनि दियो । महिला दशक पनि सम्पन्न गर्‍यो । त्यसले विश्वव्यापीरुपमा महिला सम्मेलन पनि ग¥यो । सम्मेलनले महिलाहरुको हक अधिकारको लागि विभिन्न प्रस्ताव पारित गरी सरकारलाई सुझाव पनि दिएको छ । त्यत्तिले पनि नभएकोले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गरेको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिने अभियान सञ्चालन भएको छ । यो एक महत्वपूर्ण र उपयोगी कार्यक्रम हो । तर यो कार्यक्रमलाई व्यापक पार्न सकिएको छैन । १६ दिने कार्यक्रम केही सहर बजारमा मात्र सीमित रहेको गुनासो छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width