लुम्लेका विद्यार्थीहरूको भविष्य

सम्पादक
फागुन २४, २०६९

१. कास्की जिल्लाको लुम्ले गाविसस्थित बाल मन्दिर प्रस्तावित माध्यमिक विद्यालयका छात्रछात्रा रुँदै कराउँदै न्यायका लागि पोखरा आएको कुरा अस्ति बुधबार फैलिएपछि सुन्नेहरू स्तब्ध भएका छन्। ती छात्रछात्राले त्यहाँका केही शिक्षक शिक्षिकाले आफूहरूलाई शारीरिक र मानसिक यातना दिएको शिकायत गरेका छन्। त्यसरी पोखरा आएका विद्यार्थी ७२ जना छन्।

२. ती विद्यार्थीले विद्यालय प्रशासन र शिक्षकहरूले आफूहरूमाथि अमानवीय एवं दुर्व्यवहार गर्नुका साथै स्थानीय विद्यार्थी र आफूहरूबीच भेदभाव गरेको पनि जनाएका छन्। परीक्षाको मुखैमा उनीहरू त्यसरी आउनुपरेकामा उनीहरूको परीक्षा के हुने हो भन्ने समस्या पनि उत्पन्न भएको छ।

३.     बृटिस फाउन्डेशनको सहयोगमा बाल मन्दिर विद्यालय २०३१ सालमा स्थापना भएको हो। त्यसबेला लुम्ले प्रोजेक्टमा काम गर्नेहरूका बालबालिकाको पठनपाठनका लागि त्यो विद्यालय बनाइएको भए तापनि पछि त्यसलाई समुदायमा हस्तान्तरण गरिएको थियो। अहिले त्यस विद्यालयमा २२ जिल्लाका छात्रवृत्ति प्राप्त ७२ जना छात्रछात्रा अध्ययनरत छन्।

४. ती विद्यार्थीहरू सोमबार राति पोखरा आइपुगेका थिए। उनीहरूलाई नगर प्रशिक्षण केन्द्रमा राखिएको छ। उनीहरूमध्ये अधिकाँशका अभिभावक पनि यहाँ आइपुगेका छन्। अभिभावकहरू आफूले सोच्दै नसोचेको घटना आइपरेकामा स्तब्ध भएका छन्। उनीहरू विद्यार्थीहरूको परीक्षा नजिक आएकोमा चिन्तित भएका छन्।

५. ती विद्यार्थीहरूको समस्याका सम्बन्धमा पोखरामा सम्बन्धित कार्यालयहरू शिक्षा अधिकारीको कार्यालय, शिक्षा निर्देशनालय र शिक्षा विभागका पदाधिकारीलगायतका व्यक्तिहरू विचारविमर्श गरिरहेका छन्। उनीहरू दोषीमाथि कारबाही गर्ने आश्वासन दिँदैछन् भने विद्यार्थीहरू त्यहाँ नर्फकने विचारमा छन्।

६. विद्यार्थीहरूले लामो समयदेखि आफूहरूमाथि शारीरिक र मानसिक यातना दिँदै आएको बताएका छन्। उनीहरूले त्यसरी यातना दिनेहरूको नाम समेत बताएर उनीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदैछन्। यस्तो स्थितिमा त्यहाँका शिक्षकहरू पनि पक्ष र विपक्षमा विभाजित भएका छन्।

७. बाल मन्दिर प्रस्तावित माध्यमिक विद्यालयमा जे भयो, त्यो नराम्रो भएको छ। विद्यार्थीहरू त्यसरी छात्रवासबाट भागेर आउनु गम्भीर कुरा हो। त्यसलाई सम्बन्धित कार्यालय र पदाधिकारीहरूले गम्भीरतापूर्वक लिनुपर्दछ र दोषीमाथि कारबाही गरी विद्यालयको पठनपाठन छिटो सुचारु गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width